काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो ५० हजार मत कटाएका छन्। सुरुदेखि नै अग्रता कायम गरेका बालेन्द्रले सत्ता गठबन्धनलाई पछाडि पार्दै फराकिलो मतान्तर बनाएका हुन्। मंगलबार बिहानसम्मको मतपरिणाम अनुसार बालेन्द्रले ५० हजार ३० मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेका सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३० हजार ७६७ मत प्राप्त गरेकी छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 24/05/2022
काठमाडौं महानगरमा बालेन्द्र साहले कटाए ५० हजार मत
Posted in समाचार
भरतपुरको मेयरमा दाहाल र उपमेयरमा अधिकारी विजयी
रमेशकुमार पौडेल
चितवन — भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छिन् । एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजारभन्दा बढी मतले हराउँदै दाहाल भरतपुरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल १२ हजार ४ सय ४९ मतान्तरले विजयी भएकी हुन् । भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा निर्वाचन परिणाम भने अझै सार्वजनिक गरेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार