Daily Archives: 23/05/2022

हर्क अर्थात् धरानका हर्ष


धरान : धरान उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएका छन्। सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार किशोर राईलगायत दलका प्रत्याशीलाई उनले पराजित गरेका हुन्। हर्कले २० हजार ८ सय २१ र निकटतम प्रतिद्वन्द्वी किशोरले १६ हजार ५९ मत प्राप्त गरेका छन्। एमालेकी मञ्जु भण्डारी सुवेदीले तेस्रो स्थानमा १२ हजार ८ सय २५ मत प्राप्त गरिन्। उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा निर्वाचित भएका छन्। बेघाले २० हजार ५ सय १० र निकटतम प्रतिद्वन्द्वी एमालेका पदमप्रसाद लिम्बूले १७ हजार ६ सय ६ मत पाएका छन्। नवनिर्वाचित प्रमुख राईले आफूले चुनाव जिते सप्तकोसीबाट पानी ल्याएर खुवाउने प्रतिबद्धता जनाएका थिए। त्यही प्रतिबद्धताअनुसार पानी ल्याएर खानेपानीको समस्या समाधान गर्ने राईको भनाइ छ। पढ्नेक्रम जारी राख्नुहोस्

चरा ठोक्किएको आशंकामा गौतम बुद्ध विमानस्थलमा रोकियो विमान


जेष्ठ ९, माधव ढुंगाना
gautam-buddha-airport-jajira-airwaseभैरहवा — अवतरण गर्ने क्रममा विमानमा चरा ठोक्किएको आशंकापछि आइतबार राति कतारका लागि उड्नुपर्ने जजिरा एयरलाइन्सको विमान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ । कतारबाट नियमित उडान तालिकाअनुरुप उडान भरेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा चरा ठोक्किएको विमानका चालकले बताएको विमानस्थलका निमित्त महाप्रबन्धक तथा प्रवक्ता श्याम किशोर साहले जनाए । ‘उक्त जानकारी पाउनासाथ तत्काल विमानको जाँच गर्दा जहाजको अगाडि नोजमा र इन्जिन बाहिरको कभरमा रगतको टाटा देखियो‚’ साहले भने, ‘विमानमा चरा ठोक्किएको हुन सक्छ । तर, ठोक्किएको चराको अवशेष भने कतै पनि फेला परेन ।’ पढ्नेक्रम जारी राख्नुहोस्