प्रधानमन्त्री देउवाद्वारा बौद्व सम्मेलन केन्द्रको उद्घाटन


जेष्ठ २, २०७९दीपेन्द्र बडुवाल
thumbबुटवल — प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्व जन्मस्थल लुम्बिनीमा निर्माण गरिएको बौद्व सम्मेलन तथा ध्यान केन्द्रको समुद्घाटन गरेका छन् । सोमबार बिहान आयोजिक समारोहका बीच प्रधानमन्त्री देउवाले केन्द्रको उद्घाटन गरेका हुन् । पाँच हजार जना अट्ने क्षमताको सो हल बनेपछि यहाँ हुने सम्मेलन र समारोहहरु सन्चालनका लागि सहज हुनेछ । यहाँ प्रत्येक वर्ष अस्थायी हल निर्माण गरेर बुद्व जयन्ती समारोह हुँदै आएको थियो। यस्ता सम्मेलन र समारोह आयोजनाकालागि पाँच वर्ष अघि हल निमार्ण थालिएको थियो ।
यसवर्षको बुद्व जयन्तीका अवसरमा सोमबार अपरान्ह यही हलमा नेपाल र भारतका प्रधानमन्त्रीद्वयले २५६६ औं बुद्व जयन्ती समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

समारोहका लागि अहिले हल सिंगारेर चिटिक्क पारिएको छ ।

दुबै मुलुकका प्रधानमन्त्री सहभागी हुने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.