कुनै सार्वजनिक निकायको स्रोतसाधन तथा सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न नपाउने व्यवस्था भए पनि प्रधानमन्त्री नेपाली सेनाको हेलिकोप्टर लिएर चुनावी दौडाहामा
घनश्याम गौतम
रूपन्देही — प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसारमा हिँडेका छन् । गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न उनी जिल्ला दौडाहामा निस्केका हुन् । शनिबार रूपन्देहीको बुटवल र तनहुँ पुग्न देउवाले नेपाली सेनाको एनए ०५८ हेलिकोप्टर प्रयोग गरेका छन् । सेनाको हेलिकोप्टर ८ सिट क्षमताको हो । हेलिकोप्टरमा देउवासँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता प्रकाशशरण महत पनि सवार थिए ।
स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ को दफा ४ क मा ‘कुनै सार्वजनिक निकाय वा परियोजनाका स्रोतसाधन तथा सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने’ उल्लेख छ । तर, प्रधानमन्त्रीले उक्त दफाविपरीत नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेका हुन् । बुटवलको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शनिबार बिहान पौने १२ बजे बुटवलस्थित नेपाली सेनाको २२ नं. वाहिनीमा उत्रिएका थिए । त्यहाँ उनलाई गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणसहितका स्थानीय नेता र सुरक्षाकर्मीले स्वागत गरे । प्रधानमन्त्री देउवा सेनाको हेलिकोप्टरबाट उत्रिएफछि कार्यक्रमस्थलसम्म जान स्थानीय कार्यकर्ताको सेतो कलरको ल्यान्डत्रुजर गाडी चढेर थिए । कार्यक्रममा झन्डै १ घण्टा बिताएका उनले ८ मिनेट भाषण गरे र त्यही हेलिकोप्टरमा तनहुँ पुगे । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 08/05/2022
आचारसंहिताविपरीत प्रधानमन्त्री र मन्त्री चुनावी प्रचारमा
Posted in समाचार