Monthly Archives: मे 2022

काठमाडौं महानगरमा बालेन्द्र साहले कटाए ५० हजार मत


balenshah_20220515183735काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो ५० हजार मत कटाएका छन्। सुरुदेखि नै अग्रता कायम गरेका बालेन्द्रले सत्ता गठबन्धनलाई पछाडि पार्दै फराकिलो मतान्तर बनाएका हुन्। मंगलबार बिहानसम्मको मतपरिणाम अनुसार बालेन्द्रले ५० हजार ३० मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेका सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३० हजार ७६७ मत प्राप्त गरेकी छन्। पढ्नेक्रम जारी राख्नुहोस्

भरतपुरको मेयरमा दाहाल र उपमेयरमा अधिकारी विजयी


रमेशकुमार पौडेल
thumbचितवन — भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छिन् । एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजारभन्दा बढी मतले हराउँदै दाहाल भरतपुरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल १२ हजार ४ सय ४९ मतान्तरले विजयी भएकी हुन् । भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा निर्वाचन परिणाम भने अझै सार्वजनिक गरेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्

हर्क अर्थात् धरानका हर्ष


धरान : धरान उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएका छन्। सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार किशोर राईलगायत दलका प्रत्याशीलाई उनले पराजित गरेका हुन्। हर्कले २० हजार ८ सय २१ र निकटतम प्रतिद्वन्द्वी किशोरले १६ हजार ५९ मत प्राप्त गरेका छन्। एमालेकी मञ्जु भण्डारी सुवेदीले तेस्रो स्थानमा १२ हजार ८ सय २५ मत प्राप्त गरिन्। उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा निर्वाचित भएका छन्। बेघाले २० हजार ५ सय १० र निकटतम प्रतिद्वन्द्वी एमालेका पदमप्रसाद लिम्बूले १७ हजार ६ सय ६ मत पाएका छन्। नवनिर्वाचित प्रमुख राईले आफूले चुनाव जिते सप्तकोसीबाट पानी ल्याएर खुवाउने प्रतिबद्धता जनाएका थिए। त्यही प्रतिबद्धताअनुसार पानी ल्याएर खानेपानीको समस्या समाधान गर्ने राईको भनाइ छ। पढ्नेक्रम जारी राख्नुहोस्

चरा ठोक्किएको आशंकामा गौतम बुद्ध विमानस्थलमा रोकियो विमान


जेष्ठ ९, माधव ढुंगाना
gautam-buddha-airport-jajira-airwaseभैरहवा — अवतरण गर्ने क्रममा विमानमा चरा ठोक्किएको आशंकापछि आइतबार राति कतारका लागि उड्नुपर्ने जजिरा एयरलाइन्सको विमान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ । कतारबाट नियमित उडान तालिकाअनुरुप उडान भरेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा चरा ठोक्किएको विमानका चालकले बताएको विमानस्थलका निमित्त महाप्रबन्धक तथा प्रवक्ता श्याम किशोर साहले जनाए । ‘उक्त जानकारी पाउनासाथ तत्काल विमानको जाँच गर्दा जहाजको अगाडि नोजमा र इन्जिन बाहिरको कभरमा रगतको टाटा देखियो‚’ साहले भने, ‘विमानमा चरा ठोक्किएको हुन सक्छ । तर, ठोक्किएको चराको अवशेष भने कतै पनि फेला परेन ।’ पढ्नेक्रम जारी राख्नुहोस्

स्थानीय चुनाव र बालेन तहल्का


बालेनले पाएको प्रत्येक मतले मतदातालाई दासत्वमा बाँध्न खोज्ने नेताहरूका गाला रन्किने गरी थप्पड मारेको छ ।
thumbस्थानीय चुनावको मतगणना महानगर र उपमहानगरमा अझै जारी छ, तर परिणामको समग्र चित्र भने स्पष्ट भइसकेको छ । हारजितको दलीय गणितभन्दा पनि यो चुनावमा सुनामी ल्याएका छन् काठमाडौं महानगरमा मेयरका स्वतन्त्र प्रत्याशी बालेन साह (बालेन्द्र साह) ले । उम्मेदवारी मनोनयनअघि, गीतसंगीतमा चाख राख्ने एउटा युवा जमातबाहेक कैयौंले बालेनको नाम सुनेका थिएनन् । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री देउवाद्वारा बौद्व सम्मेलन केन्द्रको उद्घाटन


जेष्ठ २, २०७९दीपेन्द्र बडुवाल
thumbबुटवल — प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्व जन्मस्थल लुम्बिनीमा निर्माण गरिएको बौद्व सम्मेलन तथा ध्यान केन्द्रको समुद्घाटन गरेका छन् । सोमबार बिहान आयोजिक समारोहका बीच प्रधानमन्त्री देउवाले केन्द्रको उद्घाटन गरेका हुन् । पाँच हजार जना अट्ने क्षमताको सो हल बनेपछि यहाँ हुने सम्मेलन र समारोहहरु सन्चालनका लागि सहज हुनेछ । यहाँ प्रत्येक वर्ष अस्थायी हल निर्माण गरेर बुद्व जयन्ती समारोह हुँदै आएको थियो। यस्ता सम्मेलन र समारोह आयोजनाकालागि पाँच वर्ष अघि हल निमार्ण थालिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्