Daily Archives: 27/04/2022

गठबन्धनले बागीलाई फकाउने, नमाने कारबाही गर्ने


प्रकाश धौलाकोटी
thumbकाठमाडौँ — सत्ता गठबन्धन दलले पार्टीको निर्णयविपरीत स्थानीय तहमा उम्मेदवारी दिएका नेता कार्यकर्तालाई सम्झाई–बुझाई गर्ने, फकाउने र त्यति गर्दा पनि उम्मेदवारी फिर्ता नलिए अनुशासनको कारबाही गर्ने नीति लिएका छन् । त्यसका लागि दलहरूले देशभर कहाँ कति स्वतन्त्र उम्मेदवारी परेको छ भनेर तथ्यांक संकलन थालेका छन् । बुधबारसम्म तथ्यांक संकलन गर्ने, त्यस्ता उम्मेदवारहरूको पहिचान गर्ने र सम्झाई–बुझाई गरेर उम्मेदवारी फिर्ता गराउने तयारी छ । फिर्ता नभए पार्टी अनुशासनको कारवाही हुने नेताहरू बताउँछन् । गठबन्धन दलले केन्द्रबाट चुनावी तालमेल गर्न सर्कुलर गरेपछि प्रदेश र जिल्लास्तरीय संयन्त्रले पद बाँडफाँट गरी तालमेलको निर्णय गरेका थिए । त्यसरी तालमेल गर्दा अर्को दललाई पद दिएका कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवारी परेको छ भने कतिपय ठाउँमा आकांक्षी धेरै भएका कारण उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसमा तालमेलको विरोध गर्दै विभिन्न ठाउँमा स्वतन्त्र उम्मेदवारी परेको छ । पढ्नेक्रम जारी राख्नुहोस्