Daily Archives: 26/04/2022

तहसनहस सत्ता गठबन्धन


thumb१३ वैशाख, काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले केन्द्रबाटै सहमति गरेर देशभर तालमेल गर्ने निर्णय गरे पनि महत्वपूर्ण स्थानमा समेत त्यसलाई कायम राख्न असफल भएको छ । केन्द्रबाटै तालमेल गर्ने निर्णय गरेका ६ वटा महानगर र ११ वटा उपमहानगरमा समेत अधिकांश ठाउँमा गठबन्धन दलहरूबाटै बागी उम्मेदवारी परे । कतिपयमा ठाउँमा गठबन्धनभित्र पनि गठबन्धन बने भने कतिपय स्थानमा गठबन्धन बाहिरको प्रमुख दल एमालेसँगै तालमेल गरेर उम्मेदवारी दर्ता भए । सबैभन्दा चर्चामा रहेको चितवनको भरतपुर महानगरमा गठबन्धनले साझा उम्मेदवार उठाउने सहमति गरेको थियो । सोहीअनुसार माओवादी केन्द्रबाट प्रमुखमा रेनु दाहाल र उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराए । तर, पहिल्यैदेखि नै असन्तुष्ट रहेको चितवन कांग्रेसका नेता पूर्वसांसद जगन्नाथ पौडेलले पनि बागी उम्मेदवारी दर्ता गराए । पढ्नेक्रम जारी राख्नुहोस्

देशभर १ लाख ३७ हजारभन्दा बढीको मनोनयन दर्ता


e2-2642022051539-1000x0काठमाडौँ — संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको स्थानीय तह निर्वाचनमा सोमबार ७५३ वटै पालिकामा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् । निर्वाचनमा सत्ता गठबन्धनका पाँच दल र प्रमुख प्रतिपक्ष एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदै छ । मंगलबार बिहान निर्वाचन आयोगद्वारा जारी तथ्यांकअनुसार प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी १ लाख ३७ हजार ४३ जनाको उम्मेदवारी परेको छ । प्रदेश १ मा २१ हजार ८७९‚ मधेस प्रदेशमा ३४ हजार ७४७‚ वाग्मती प्रदेशमा २३ हजार ९६‚ गण्डकी प्रदेशमा १२ हजार १४६‚ लुम्बिनी प्रदेशमा २१ हजार ७५९‚ कर्णालीमा १२ हजार ३१८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९८ गरी कुल १ लाख ३७ ४३ जनाको उम्मेदवारी दर्ता भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्