नियमावली संशोधन प्रस्ताव वैशाख १८ अगावै मन्त्रिपरिषद्बाट स्वीकृत भए सशस्त्र प्रहरीको भावी नेतृत्वको समीकरण बदलिने
नियमावली संशोधन प्रस्ताव गृहबाट अर्थमा, निर्वाचन आयोगलाई भने जानकारी छैन
मातृका दाहाल
काठमाडौँ — गृह मन्त्रालयले संगठनभित्र छलफल र अध्ययन नगरी सशस्त्र प्रहरी कर्मचारीको सेवा अवधि ३० वर्षबाट ३२ वर्ष पुर्याउने गृहकार्य अघि बढाएको छ । सेवा अवधि ३२ वर्ष कायम हुने गरी सशस्त्र प्रहरी नियमावलीको संशोधन मस्यौदा तयार गरेर गृहले सैद्धान्तिक सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइसकेको छ । संगठनमा कुनै दीर्घकालीन र रणनीतिक महत्त्वका विषयमा निर्णय लिन वा गृह मन्त्रालयमा सिफारिस प्रस्ताव गर्न डीआईजी र त्यसमाथिका अधिकृत सम्मिलित ‘प्रिन्सिपल स्टाफ कमिटी’ (पीएससी) को बैठक बस्छ । तर सेवा अवधि बढाउने प्रस्तावमा सशस्त्रमा कुनै छलफल नै नभएको स्रोतले जनाएको छ । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी विदुर खड्काले पनि सेवा अवधि ३२ वर्षे पुर्याउने विषयमा अनभिज्ञता जनाए । ‘यस विषयमा हामीलाई कुनै जानकारी छैन,’ उनले संक्षिप्त प्रतिक्रिया दिए । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 25/04/2022
सशस्त्रमा सेवा अवधि ३२ वर्ष पुर्याउन ‘गुपचुप खेल’
Posted in समाचार