काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्धको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। यसअघि फागुन २९ गते बसेको सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले रिटलाई पूर्ण सुनुवाइका आइतबारका लागि मिति तोकेका थिए। २० गते सुनुवाइ सकिएसँगै अदालतले यसमा फैसला सुनाउनेछ। एमालेले कारवाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको र त्यसकै आधारमा निर्वाचन आयोगले एकीकृत समाजवादी नामक दल दर्ता गरेको भन्दै एमाले अध्यक्ष ओलीले रिट दायर गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 03/04/2022
बयान फेर्न भद्रभलादमीले उर्दी दिएको खुलासा
स्थानीय जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा टाठाबाठा बसेर किशोरीले बयान फेर्नुपर्ने निर्णय गरेको र युवकले पनि जेलबाट फोन गरेर अब पक्का बिहे गर्छु भनेकाले किशोरी प्रभावित
मेनुका ढुंगाना
अछाम — बयान फेरेको भनेर अछाम जिल्ला अदालतबाट साढे तीन वर्ष कैद सजायको आदेश पाएकी किशोरीलाई आरोपित युवकले यौन शोषण मात्र होइन, कुटपिट पनि गरेको खुलेको छ । किशोरीमाथि ज्यादती भए पनि आरोपित जिल्लाभित्रकै भएकाले समाजका भद्रभलादमी बसेर बकपत्र फेर्न किशोरीलाई ‘उर्दी’ दिएको पनि पुष्टि भएको छ । एकातिर प्रभावशालीहरू र अर्कोतिर निरक्षर आमाछोरी भएको मुद्दामा अदालतले पनि सुविधाजनक बाटो खोज्दा पीडितलाई पीडा थपिएको छ । आइतबार जिल्ला अदालतबाट भएको फैसला’bout किशोरीलाई बिहीबारसम्म थाहा थिएन । सानैमा खुट्टा भाँचिएको र मुटुको पनि समस्या भएकाले औषधि लिन अस्पताल आएका बेला फैसला थाहा पाएपछि हतासिएकी उनलाई अहिले मंगलसेनको सुरक्षित आवास गृहमा राखिएको छ । आफूमाथि भएको धोका र अत्याचारको व्यथा बिहीबार कान्तिपुरसँग पोखेकी उनले शनिबारको भेटमा थप विवरण खोलेकी छन् । उनको भनाइलाई पुष्टि गर्दै गाउँका जनप्रतिनिधि र शिक्षकले समेत किशोरीमाथि अन्याय भएको प्रतिक्रिया दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार