Daily Archives: 21/03/2022

युक्रेनका राष्ट्रपतिको चेतावनी- रुसको आक्रमण नरोकिए तेस्रो विश्वयुद्ध हुनसक्छ


Zelenskyy-President-of-Ukraine७ चैत, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफ्नो देशमा रुसको आक्रमण नरोकिए तेस्रो विश्वयुद्ध हुनसक्ने चेतावनी दिएका छन् । आइतबार अमेरिकी समाचार च्यानल सीएनएनसँग कुरा गर्दै जेलेन्स्कीले उक्त चेतावनी दिएका हुन् । रुसले २६ दिनदेखि युक्रेनमा आक्रमण गर्दै आएको छ । आक्रमणबाट जनधनको धेरै क्षति भएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्ध रोक्ने एकमात्र उपाय वार्ता भएको बताएका छन् । उनले वार्ताका लागि कुनै पनि तरिका र सम्भावनाको उपयोग गर्नुपर्ने बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

लेटाङ झडप प्रकरण : सोमबार बिहानैदेखि कर्फ्यू


किशोर बुढाथोकी
schoolvid_20220320162912विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ आसपासमा कर्फ्यू आदेश जारी गरेको छ। मोरङको लेटाङ नगरपालिकामा विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा आइतबार झडपले उग्ररुप लिएपछि मोरङको लेटाङ–५, खेरुवा ’roundको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुञ्जेलसम्म प्रशासनले कर्फ्यू लगाएको हो । विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेका शिक्षकलाई पक्राउ गर्न आइतबार खटिएको प्रहरी टोलीमाथि नै आक्रमण हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। झडपपछि स्थिति तनावपूर्ण बनेकाले लेटाङमा बिहानैबाट कर्फ्यू आदेश जारी गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

आर्थिक संकटमा किन फस्यो श्रीलंका ?


कागज किन्न नसक्दा विद्यार्थीको परीक्षा रोकियो, इन्धनको लाइनमा ज्यान गुमाउँदै सर्वसाधारण
कोलम्बो — कोरोना भाइरसको महामारीसँगै ओरालो लागेको श्रीलंकाको अर्थतन्त्र गहिरो संकटमा फसेको छ । इतिहासकै ठूलो वित्तीय समस्याको सामना गरिरहेको श्रीलंकाले प्रश्नपत्र छाप्ने कागज आयात गर्न नसक्दा विद्यार्थीहरूको परीक्षासमेत गर्न नसकेको समाचार सार्वजनिक भएका छन् । जसका कारण लाखौं विद्यार्थीको भविष्य अन्योलमा परेको छ । शिक्षा निकायहरूले कागज किन्न नसकिएका कारण सोमबारदेखि सुरु हुने परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको जनाएका छन् । ‘आवश्यक कागज तथा मसी किन्नका लागि विदेशी मुद्रा नहुँदा विद्यालयले परीक्षा लिन असमर्थ भएका छन्,’ पश्चिमी प्रान्तको शिक्षा विभागले भनेको छ । योसँगै ४५ लाख विद्यार्थीको भविष्यमाथि अन्योल सिर्जना भएको छ । त्यस्तै, विदेशी मुद्राको अभावका कारण खाद्यान्न, इन्धन र औषधिको चरम अभाव भएको छ । जसका कारण २ करोड २० लाख जनताको जीवनस्तर दिनानुदिन निकै कष्टकर बन्दै गएको छ । दैनिक उपभोग्य सामान किन्न मानिसहरू घण्टौं लाममा लाग्न बाध्य भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्