म्यादी प्रहरीलाई बेतको लौरोको बजेट कटौती


मातृका दाहाल
thumbकाठमाडौँ — सरकारले म्यादी प्रहरीका लागि बेतको लौरोको बजेट नै कटौती गरेको छ । ‘स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७८’ मा प्रत्येक म्यादी प्रहरीलाई एउटा बेतको लौरो उपलब्ध गराइने उल्लेख छ । ‘म्यादी प्रहरीले नेपाल प्रहरीले प्रयोग गर्ने बेतको लाठी पोसाकको अंगका रूपमा प्रयोग गर्ने छन्’ भनिएको छ । तर, बेतको लाठीका लागि भने छुट्टै बजेटको व्यवस्था गरिएको छैन ।
प्रहरी प्रधान कार्यालयले १ लाख म्यादीका लागि ४० दिन कार्यावधि तोकेर मासिक आधारभूत तलब २२ हजार ६ सय ६० गरी एकमुष्ट ३० हजार २ सय ४०, पोसाक भत्ताबापत् एकमुष्ट ६ हजार, रासन भत्ताबापत् एकमुष्ट ७ हजार २ सय र यातायात भाडा एक पटकका लागि एक हजार उपलब्ध गराइने गरी आवेदन खुलाएको छ । तर, कार्यविधिमा उल्लेख गरिएको एक लाख बेतका लौरोलाई भने पोसाकको अंगमा गाभेर खर्च कटौती गरिएको छ ।

प्रहरीका लागि १ हजार बेतको लौरो खरिद गर्न २० लाख रुपैयाँ बजेट आएको र म्यादीका लागि चाहिने लौरो’bout कुनै सम्बोधन नभएको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले बताए । ‘कार्यविधिमा हरेक म्यादीका लागि एक–एक बेतको लौरो उपलब्ध गराउनुपर्ने भन्ने छ तर लौरोका लागि बजेट आएन,’ उनले भने, ‘अब विकल्पका रूपमा अरू नै लौरोबाट काम चलाउनुपर्ने स्थिति आयो ।’(कातिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.