काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेकी छन्। राजदूत होउ यान्छी अध्यक्ष प्रचण्डलाई भेट्न बुधबार बिहान खुमलटार पुगेकी थिइन्। भेटका क्रममा यान्छीले चिनियाँ विदेशमन्त्री वाङ यीको संभावित नेपाल भ्रमणका ’boutमा जानकारी गराएको स्रोतले बताएको छ।
राजदूत यान्छीले एमसीसी अनुमोदन भएपछि अब कसरी अगाडि बढ्छ भनेर अध्यक्ष दाहालसँग चासो राखेकी थिइन्। भेटका क्रममा आसन्न स्थानीय तहको निर्वाचन, नेपाल -चीन सम्बन्धलगायतका विषयमा छलफल भएको बताइएको छ।
उनीहरुबीच झन्डै दुई घन्टा लामो छलफल भएको स्रोतको दावी छ। पछिल्लो समय राजदूत यान्छीले राजनीतिक भेटघाटलाई तीव्र बनाएकी छन्।
यस्तै ,आजै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग नेपालका लागि अमेरिकी राजदूत र्याण्डीबेरीले भेट गरेका थिए। उनीहरु बीच एमसीसी कार्यान्वयनको विषयमा छलफल भएको थियो।(अन्नपूर्ण )