Monthly Archives: मार्च 2022

कांग्रेसको निर्णयमा सत्ता साझेदार दल सशंकित


‘स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने निर्णयले समस्या हुन सक्छ’
बबिता शर्मा
thumbकाठमाडौँ — ‘आवश्यकताका आधारमा’ मात्रै तालमेल गर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय कार्यान्वयन हुनेमा सत्ता साझेदार माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलका नेताले शंका व्यक्त गरेका छन् । उनीहरूले गठबन्धनको बैठक तत्काल बसेर तालमेलको ढाँचासहितको रणनीतिमा छलफल गर्ने जनाएका छन् । पाँचदलीय गठबन्धनका नेताले आगामी स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक समझदारी गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

वाम गठबन्धन बनाउन चीनको ‘ट्र्याक टु’ संवाद


कांग्रेस नेतृत्वको सरकारले एमसीसी सम्झौता अनुमोदनमा देखाएको अग्रसरता र बीआरआई परियोजना कार्यान्वयनमा गरेको बेवास्तामा चीनको मुख्य चासो
चिनियाँ कम्युनिस्ट पार्टीको आग्रहपछि ओलीको निर्देशनमा विष्णु पौडेल र दाहालको निर्देशनमा देव गुरूङ चीन पुगेर फर्किएका छन्
बबिता शर्मा
thumbकाठमाडौँ — नेपालमा चुनाव नजिकिँदै गर्दा वामपन्थी गठबन्धनका लागि चीनले ‘ट्र्याक टु’ संवाद अघि बढाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले एमाले र माओवादी केन्द्रका नेताहरूसँग अनौपचारिक तहमा भेटवार्ता र सन्देश आदानप्रदानलाई सघन बनाएको छ । नेपाली नेताहरूको चीन भ्रमण पनि भइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

गौतम बुद्ध विमानस्थलमा उडान गर्न आधा दर्जन कम्पनीको चासो


जजिरा एयरले दियो उडानका लागि निवेदन
फ्लाई दुबई, सलाम, थाई स्माइल र श्रीलंकन एयर पनि सम्पर्कमा
माधव ढुंगाना
gautam-buddha-airport-jajira-airwaseभैरहवा — व्यावसायिक उडानको तयारीमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सञ्चालनका लागि विदेशी एयरलाइन्सको चासो बढ्दै गएको छ । यस विमानस्थलबाट आउँदो जेठ २ देखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी छ । विभिन्न विदेशी एयरलाइन्स कम्पनीले विमानस्थलमा आएर जानकारी लिने र सोधखोज गर्न थालेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए । ‘हवाई उडान सञ्चालन गर्न विदेशी एयरलाइन्स कम्पनीका कर्मचारी तथा प्रतिनिधि आउने र जानकारी लिने क्रम बढ्दो छ,’ उनले भने, ‘यहाँबाट हवाई उडान सञ्चालन गर्दा केकस्ता सुविधा र छुट पाइन्छ भन्नेमा उनीहरू बढी जिज्ञासु देखिएका छन् ।’ पढ्नेक्रम जारी राख्नुहोस्

पोखरा विमानस्थल हतारमा किन हस्तान्तरण ?


कृष्णमणि बराल
pokhara-airport_20220328084932पोखरा : चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको साँचो आफ्ना समकक्षी डा. नारायण खड्कालाई हस्तान्तरण गरे। के अब यो विमानस्थल सञ्चालनको अवस्थामा पुग्यो त ? होइन। अझै धेरै काम बाँकी छन्। डेकोरेसन, फिनिसिङका कामसहित केही भेइकल, फायर भेइकल आउन बाँकी रहेको आयोजना प्रमुख विनेश मुनंकर्मी बताउँछन्। यस्तै, दुई बोडिङ ब्रिजमध्ये एउटा जडान गरिएको छैन। यसबाहेक डाँडा कटान, ल्यान्डफिल साइट स्थानान्तरण, वर्षाको पानी नियन्त्रण गर्न नहर तथा ढलको व्यवस्थापन, नेपाल आयल निगमको डिपो निर्माण बाँकी छन्। यी काम अझै सुरु नभएकाले विमानस्थल निर्माण सम्पन्न भए पनि सञ्चालनमा ढिलाइ हुने देखिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

चुनावमा नेता गाउँ पस्दै, युवा देश छाड्दै


‘चुनाव कुर्दा चुलो बल्दैन, राजनीतिले खान दिँदैन, भारत नपसी सुखै छैन’
ठाकुरसिंह थारू, भवानी भट्ट
thumbनेपालगन्ज, कञ्चनपुर — निर्वाचन नजिकिएसँगै नेताहरू धमाधम गाउँ पस्दैछन् । पार्टी प्रवेशदेखि प्रशिक्षणसम्मका गतिविधि दिनहुँजसो हुन थालेका छन् । तर, ठूलो संख्यामा रहेका युवा मतदातालाई यो माहोलले तान्न सकेको छैन । रोजीरोटीका लागि हरेक दिन भारत पस्ने सयौंको संख्यामा युवाको लर्को छ । चुनावी चहलपहलले रोक्न नसकेका युवाको लस्कर लुम्बिनी र सुदूरपश्चिम प्रदेशका नाकामा दिनहुँ देख्न सकिन्छ । जुम्ला पातारासी गाउँपालिका–३ का १८ वर्षीय धनलाल रावतको समूह त्यहीमध्येको एक हो, जसलाई चुनावको लहरले छोएको छैन । उनीहरू नेपालगन्ज नाका हुँदै कामको खोजीमा भारतको मनाली सहर हिँडेका छन् । तरकारी खेतीको सिजन भएकाले त्यता सहजै काम पाइने भन्दै उनीहरू आफ्नो प्रतिनिधि छनोट गर्नुपर्ने मतदान छाडेर भारत जाँदै छन् । पढ्नेक्रम जारी राख्नुहोस्

हस्तान्तरण भयो पोखरा विमानस्थल


लालप्रसाद शर्मा
thumbपोखरा — जग्गा अधिग्रहण गरेको ४६ वर्षपछि पोखरामा बल्ल क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको छ । चीन सरकारले प्रायः सबै मुख्य संरचना निर्माण सम्पन्न भएको विमानस्थल शनिबार नेपाललाई हस्तान्तरण गरेको हो । चीनका विदेशमन्त्री वाङ यीले काठमाडौंमा समकक्षी नारायण खड्कालाई विमानस्थलको चाबी हस्तान्तरण गरे । पोखरामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले विमानस्थल निर्माण गरेको चिनियाँ कम्पनी सीएएमसीई र परामर्शदातालाई कदरपत्र प्रदान गरे । पढ्नेक्रम जारी राख्नुहोस्