Daily Archives: 23/02/2022

देउवाको दोहोरो पहल


सुरेन्द्र काफ्ले
/ राधा खनाल
सकेसम्म गठबन्धन जोगाउने, नत्र एमालेसँग सम्बन्ध गाँस्ने रणनीति
sherbahadur-deuba-kp-sharma-oli--deuba-oli_20220223011757काठमाडौं : एमसीसी अनुमोदन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनलाई मनाउन लागेकै छन्। तर, माओवादी केन्द्र र एकीकृत समाजवादी दोहोरो भूमिकामा देखिएका छन्। त्यही भएर प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट बढाएका छन्। देउवा र ओलीबीच मंगलबार भेटवार्ता भए पनि सहमति भने नभएको नेताहरूले बताएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

कलाकार जयनन्द लामाको निधन


thumbकाठमाडौँ — कलाकार जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान २ बजे चलचित्रको बैठक सकेर भक्तपुरको कौशलटारमा रहेको घर फर्किँदा घरको गेटमा मृत अवस्थामा फेला परेका थिए । उनको टाउकोमा चोट देखिएको उनी निकट कलाकार माधव थापाले जानकारी दिए । उनी ६५ वर्षका थिए । महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेका अनुसार मंगलबार बेलुका ७ बजे एउटा बैठकमा सहभागी हुन भन्दै लामा बौद्ध गएका थिए । बुधबार बिहान ७ बजेतिर आफन्तले बा३च ७७४१ नम्बरको कारमा लामालाई मृत भेटेको डीएसपी पाण्डेले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्