चिनियाँसहित ३७ जना पक्राउ


काठमाडौँ — गैरकानुनी रुपमा अनलाइन जुवा खेलाएको कसुरमा एक चिनियाँसहित ३७ जना व्यक्तिहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा अरु ३६ जना नेपाली नागरिक हुन् । महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त टोलीले गएराति नयाँ बानेश्वरको एक घरमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी कार्यालयका अतिरिक्त महानिरीक्षक (एआईजी) हरी बहादुर पालका अनुसार प्रहरीले उनीहरूमाथि अहिले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार उनीहरूले अनलाइनमा जुवा खेलाउने र त्यसैका आधारमा धम्क्याएर रकम असुल्ने गरेको पाइएको छ । साथै अन्य गैरकानुनी काम गरेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्ने चिनियाँ नागरिक अनलाइन जुवा खेलाउने र धम्क्याउने गिरोहका मुख्य नाइके हुन् । अन्य ३६ जना नेपालीहरू भने तिनै चिनियाँको निर्देशनमा काम गर्ने गरेको पाइएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको एआईजी पालले बताए । २ वर्षअघि पनि राजधानीबाट १ सय २० चिनियाँ नागरिकहरू गैरकानुनी रुपमा बसी अपराध गरेको कसुरमा पक्राउ परेका थिए । उनीहरूलाई अध्यागमन विभागले जरीवाना तिराएर चीन ‘डिपोर्ट’ गरेको थियो ।

साथै अभद्र व्यवहारको कसुरमा समेत दोषी देखाई ती नागरिकलाई जरीवाना तिराएको थियो । गएराति पक्राउ परेका ३७ जनाको हकमा कुन कसुर लगाउने भन्ने सम्बन्धमा अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणका आधारमा निर्क्यौल हुने एआईजी पालले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.