सत्ता गठबन्धनमा एमसीसी टेबल गर्ने सहमति, संसदमा आजै पेश हुने


thumbकाठमाडौँ — सत्ता गठबन्धनमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्‍मा टेबल गर्ने सहमति जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु सहभागी थिए । बैठकमा तत्काल सत्ता गठबन्धन नै टुट्ने गरी उत्पन्न समस्या टार्ने गरी नेताहरु एमसीसी टेबल गर्न सहमत भएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले शीर्ष नेताहरुको बैठकले संसद्को आइतबारकै बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटाएको जानकारी दिए । ‘शीर्ष नेताहरुको बैठकबाट एमसीसी टेबल गर्ने सहमति भएको छ, एमसीसी आजैको बैठक टेबल हुन्छ,’ उनले भने ।

गठबन्धनको बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी संसद्‍मा टेबल गर्ने सहमति भएको बताए । ‘सडकमा होइन, संसद्‍मा गहन छलफल गरेर निर्णयमा पुगौँ भनेर सहमति भयो,’ मन्त्री कार्कीले भने, ‘आजको बैठकमा एमसीसी टेबल हुन्छ । यसमाथि उठेका जे जस्ता प्रश्न छन्, ती प्रश्नहरुमाथि छलफल हुन्छ, र यसले निकास पाउँछ ।’

गठबन्धनमा भएका दलमध्ये प्रधानमन्त्री देउवाको दल नेपाली कांग्रेस एमसीसी संसद्‍मा पेश गरेर तत्काल पारित गर्नुपर्ने पक्षमा छ । तर, नेकपा माओवादी केन्द्र, नेकपा एकीककृत समाजवादी र जनता समाजवादी पार्टीमा भने यस’bout विवादित मत थियो । यसअघि बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री देउवाले एमसीसी टेबल गरे तत्काल सरकारबाटै बाहिरिने निर्णय गरेको थियो ।

एकीकृत समाजवादीको शनिबार बसेको स्थायी कमिटी बैठकले एमसीसी संसद्‍मा टेबल गर्न दिने, तर संशोधन नगरी पास गर्न नसकिने निर्णय गरेको थियो । एकीकृत समाजवादीले टेबल गर्न दिने निर्णय गरेपछि माओवादी केन्द्र र जसपालाई दबाब परेको थियो । अन्ततः सरकारको प्रस्तावमा असहमति जनाउँदा तत्कालै सरकार छाड्नुपर्ने भएपछि गठबन्धन दलहरुले गठबन्धन जोगाउँदै अघि बढ्ने गरी एमसीसी टेबल गर्न तयार भएका छन्(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.