माओवादी निष्कर्ष : एमसीसी जबरजस्ती अघि बढाए विपक्षमा मत हालेर सरकार छोड्ने


निष्कर्ष सुनाउन अध्यक्ष दाहाल बालुवाटारमा
काठमाडौँ — सत्तारुढ माओवादी केन्द्रले राष्ट्रिय सहमति नभई एमसीसी अघि बढ्ने र त्यसको विपक्षमा आफूले मतदान गर्नुपर्ने अवस्था आए नैतिक रुपमा सरकारमा बस्न नमिल्ने निष्कर्ष निकालेको छ । यही निष्कर्ष लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार गएका छन् । माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलका अनुसार यथास्थितिमा सरकारले एमसीसी अघि बढाए माओवादीलाई नैतिक संकट पर्ने र त्यो अवस्थामा सरकारमा नरहने अवस्था आउने’bout बैठकमा नेताहरूले ब्रिफिङ गरेका छन् ।

‘संसद् सुचारु नहुनेसम्म कुनै एजेन्डा अघि बढाउन सकिंदैन, संसद् अवरोधको अवस्थामा अघि बढ्ने र एमसीसी पेस भए हामी त्यसको विपक्षमा जाने भन्ने निर्णय भएको छ,’ उनले कान्तिपुरसँग भने, ‘प्रस्तावको विपक्षमा उभिएपछि नैतिक रुपमा हामी सरकारमा बसिरहन मिल्दैन ।’ उनले यो विषयमा संसद्‌मा पर्याप्त छलफल हुने वातावरण बन्नुपर्ने बताए ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.