Daily Archives: 14/02/2022

सर्वदलीय बैठकमा एमाले नजाने


thumbकाठमाडौँ — सभामुख अग्नि प्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा प्रतिपक्षी दल एमाले सहभागी नहुने भएको छ । सोमबार दिउँसो २ बजेका लागि सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए । तर एमालेले सभामुखको भूमिका, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लगायत कारण देखाउँदै सर्वदलीय बैठकमा नजाने भएको हो । ‘यस्तो अवस्थामा सर्वदलीय बैठकमा कसरी बस्न सकिन्छ र ? न्यायालयमाथि यति गम्भीर निर्णय गर्दा पनि प्रमुख प्रतिपक्षीसँग कुनै सल्लाह छैन । सभामुख ज्यूको त कुरै नगरौं । सरकारको यस्तको भूमिकाका कारण हामी सर्वदलीय बैठकमा बस्न सक्दैनौं,’ एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले इकान्तिपुरसँग भने । पढ्नेक्रम जारी राख्नुहोस्