प्रधानन्यायाधीश राणाविरुद्ध संसद्‌मा महाभियोग दर्ता, ९८ सांसदको हस्ताक्षर


जयसिंह महरा
thumbकाठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ । ९८ सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । बिहान ११ बजेर १० मिनेटमा दर्ता भएको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसद महाभियोग प्रस्ताव लिएर संसद् सचिवालय पुगेका थिए ।
आइतबार बिहान ९८ सांसदको हस्ताक्षरसहित सांसदहरू सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न पगेको सचिवालयका वरिष्ठ अधिकारीले जानकारी दिए । महाभियोग प्रस्ताव लिएर पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापालगायत सांसद संसद् सचिवालय पुगेका हुन् ।

‘प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव कार्यव्यवस्थामा दर्ता भएको छ,’ सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताए ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.