Daily Archives: 10/02/2022

दाहालले कोइरालालाई भने– ‘चुनावी गठबन्धनले सबैलाई फाइदा छ, विरोध नगरिदिनुस्’


कोइरालाको जवाफ– ‘चुनावमा गठबन्धन गरेर कांग्रेसलाई कुनै फाइदा छैन, त्यो पुरानै सिकाइ हो । कांग्रेसले तपाईंलाई भोट हाल्छन् । तर, तपाईंका कार्यकर्ताले रुखमा भोट हाल्दैनन्, बरु एमालेतिरै लाग्छन् ।’
thumbकाठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइराला र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । नेता कोइराला दाहाललाई भेट्न बिहीबार बिहान खुमलटारस्थित उनको निवास पुगेका थिए । कोइराला–दाहालबीच समसामयिक राजनीतिक विषयहरूमा करिब डेढ घण्टा कुराकानी भएको छ । भेटमा पछिल्ला राजनीतिक घटनाक्रमहरू अमेरिकाको मिलेनियम च्यालेन्ज (एमसीसी) सम्झौता, संसद् सञ्चालन र स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको नेता अमरेशकुमार सिंहले जानकारी दिए । भेटमा माओवादी केन्द्रका अध्यक्ष दाहालले नेता कोइरालालाई सत्ता गठबन्धनलाई चुनावी गठबन्धनमा लैजाने विषयमा सहयोग गर्न आग्रह गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्