Daily Archives: 08/02/2022

अब ९५ औं दिनमा स्थानीय तह निर्वाचन


स्थानीय तहलाई एक दिन पनि जनप्रतिनिधिविहीन हुन नदिने कानुनी व्यवस्थाअनुसार वैशाख ३० मै निर्वाचन घोषणा
ऋषिराम पौड्याल, कलेन्द्र सेजुवाल
thumb (1)काठमाडौँ — सरकारको निर्णय पर्खेर बसेको निर्वाचन आयोगले तोकिएको समयमा एकै चरणमा ७ सय ५३ स्थानीय तहमा निर्वाचन गराउन तयारी थालेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले २०७९ वैशाख ३० मा मिति तोकेपछि आयोग निर्वाचनको तयारीमा जुटेको हो । मतदाता नामावली अद्यावधिक, निर्वाचन सामग्री खरिद, जनशक्ति व्यवस्थापन, मतदान केन्द्र निर्धारण र कार्यालय स्थापना लगायतका विषयलाई तालिका बनाएर आयोग कार्यान्वयनको तयारीमा छ । मुलुक संघीय संरचनामा गएपछि दोस्रो पटक स्थानीय निर्वाचन हुन लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

८५ दिनदेखि इजलासबाहिर प्रधानन्यायाधीश


प्रधानन्यायाधीशले गर्नुपर्ने आधारभूत काम दुईवटा हुन्छन्– न्याय निरुपण गर्ने र न्याय प्रशासन चलाउने । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले करिब तीन महिनादेखि यी दुवै काम गर्न सकेका छैनन्, तर पदमा आसिन छन् ।
तुफान न्यौपाने
thumbकाठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा गत कात्तिक २९ मा आफ्नो एकल इजलासबाट चारवटा मुद्दामा प्रारम्भिक आदेश गरेयता बेन्चमा बसेका छैनन् । प्रधानन्यायाधीश जबरा निरन्तर रूपमा इजलासमा नबसेको आज (मंगलबार) ८५ औं दिन पुग्दै छ । त्यस्तै प्रधानन्यायाधीशकै नेतृत्वमा बस्नुपर्ने संवैधानिक इजलास चाढे चार महिनादेखि बसेको छैन । गम्भीर संवैधानिक व्याख्याको प्रश्न रहेका विवाद यो इजलासमा मात्रै सुनुवाइ हुने संवैधानिक व्यवस्था छ । पद नछाड्ने प्रधानन्यायाधीशको हठ र उनीसँग इजलासमा नबस्ने अन्य न्यायाधीशको अडानका कारण संवैधानिक इजलास निष्क्रिय बन्न पुगेको हो । पढ्नेक्रम जारी राख्नुहोस्