Daily Archives: 07/02/2022

कांग्रेसको प्रवक्तामा महत नियुक्त


thumbकाठमाडौँ — कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले सोमबार महतलाई पार्टीको प्रवक्तामा नियुक्त गरेका हुन् । देउवाको सचिवालयले महतलाई पार्टीको प्रवक्तामा नियुक्त गरिएको जनाएको छ ।
पूर्वसहमहामन्त्री महत यसअघि मंसिरमा भएको १४ औं महाधिवेशनमा पार्टीको महामन्त्रीका प्रतिस्पर्धी थिए । उनलाई सभापति देउवाले केन्द्रीय सदस्य मनोनित गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्