जगदीश्वर पाण्डे
काठमाडौँ — अमेरिकी सहयोग नियोग एमसीसीले नेपालसँगको सम्झौतामा कुनै संशोधन सम्भव नहुने प्रस्ट पारेको छ । संसद्बाट अनुमोदन गर्नुअघि संशोधन गर्ने विकल्पमा सत्ता गठबन्धनभित्र बहस चलिरहेका बेला एमसीसी मुख्यालयको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातिमा सुमारले सम्झौता अनुमोदन र कार्यान्वयनको विकल्पमा जान नेपाललाई आग्रह गरेकी छन् ।
एमसीसीकै सन्दर्भमा उनले भदौ २४ देखि २७ सम्म नेपाल भ्रमण गरेकी थिइन् ।
एमसीसी मुख्यालय वासिङ्टन डीसीबाट शुक्रबार बेलुकी कान्तिपुरसँग भर्चुअल संवाद गर्दै सुमारले भनिन्, ‘म स्मरण गराउन चाहन्छु कि एमसीसीलाई अन्तर्राष्ट्रिय सम्झौताका रूपमा मान्यता दिलाउन संसद्बाट पारित गराउनुपर्छ भन्ने निर्णय नेपालको कानुन मन्त्रालयले गरेको हो । सबै प्रावधानहरूमा सहमत भएर नै ४ वर्षअघि सेप्टेम्बर १४, २०१७ मा नेपाल सरकारले सम्झौतामा हस्ताक्षर गरेको हो । अहिले आएर कुनै पनि बुँदामा संशोधन गर्न सम्भव छैन ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले भने केही विषयमा स्पष्ट पार्न र आवश्यक परे संशोधनसमेत गराउन पहल गर्ने भन्दै सहयात्री दलहरूसँग राय लिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 06/02/2022
‘एमसीसी सम्झौतामा संशोधन सम्भव छैन’
Posted in समाचार
भारतीय गायिका लता मंगेशकरको निधन
काठमाडौँ — भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । कोभिड संक्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । केहि हप्तायता उनलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन (आईसीयू) कक्षमा राखी उपचार गरिँदै आएको थियो । आइतबार बिहान ८:१२ मा उनको निधन भएको अस्पताल प्रशासनलाई उद्धृत गर्दै भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार