Daily Archives: 01/02/2022

एमसीसीले धरमराएको गठबन्धन


प्रधानमन्त्री देउवा एमसीसी रोज्ने कि गठबन्धन भन्ने दोबाटोमा छन्, त्यस्तै सहयोगी वाम दलहरू पनि एमसीसी छाडे सत्ता पनि छाड्नुपर्ने अवस्थाले झस्किएका छन्
फेब्रुअरी २८ भित्र अनुमोदन गर्नैपर्ने देउवाको अडान
एमसीसी अनुमोदन गरे जेठमा स्थानीय तहको निर्वाचन गर्न नसकिने दाहाल-नेपालको नयाँ सर्त
कुलचन्द्र न्यौपाने, बबिता शर्मा
thumb (1)काठमाडौँ — अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता निर्णायक चरणमा प्रवेश गरेसँगै सत्ता गठबन्धनको भविष्य पनि अन्योलमा परेको छ । सम्झौता अविलम्ब संसद्बाट पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णायक अग्रसरता लिएका छन् भने उनका सहयात्रीहरू सम्झौता यथास्थितिमा अनुमोदन नगर्ने अडानमा छन् । प्रधानमन्त्री देउवाले फेबु्रअरी २८ (फागुन १६) भित्र एमसीसी’bout संसद्को औपचारिक जवाफ दिने जानकारी अमेरिकी अधिकारीहरूलाई दिएका छन् । उता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तत्काल यो सम्झौता अनुमोदन गर्न नसकिने अडान लिएका छन् । दुवै वामपन्थी दलभित्र यो सम्झौताको विरुद्धमा आवाज उठिरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पर्यटन बोर्डका सीईओले अनियमितता गरेको छानविन समितिको निष्कर्ष


Dhananjaya-Regmi-Tourism-Bord-CEO-8१८ माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ) डा धनञ्जय रेग्मीमाथि छानविन गर्न गठन भएको समितिले आफ्नो प्रतिवेदन बोर्डमा बुझाएको छ । बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा गठित समितिले सोमबार बोर्डका अध्यक्ष तथा पर्यटनसचिव महेश्वर न्यौपानेलाई बुझाएको प्रतिवेदनमा सीईओ रेग्मीमाथि नैतिक प्रश्नदेखि आर्थिक अनियमिततामा मुछिएको निष्कर्ष निकालिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सञ्चारमन्त्री कार्कीलाई अनेरास्ववियूले देखायो कालो झण्डा


thumbकाठमाडौँ — ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टरअगाडि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले कालो झण्डा देखाएको छ । स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्दै प्रदर्शनमा उत्रिएको अनेरास्ववियूले त्यही बेला मन्त्री कार्की क्वार्टरबाट निस्किएपछि कालो झण्डा देखाएको हो ।आन्दोलनरत विद्यार्थीहरुले मन्त्रीको गाडी रोकेर कालोझण्डा देखाएका थिए भने कतिपयले मन्त्री गाडीमै कालोझण्डा प्रहार गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्