Monthly Archives: फ्रेवुअरी 2022

प्रधानमन्त्री देउवा भेटेर प्रचण्डले भने, ‘यथास्थितिमा एमसीसी अनुमोदन गर्न सकिन्न, हतार नगरौं’


deuba-prachand_20211217071009काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर फर्किएका छन्। बिहीबार बिहान संसद् बैठक बस्नु अगाडि कांग्रेसबाहेकका सत्ता गठबन्धनका तीन दलको बैठक बसेर प्रचण्ड बालुवाटार गएका हुन्। भेटमा प्रचण्डले देउवालाई यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने बताए। पढ्नेक्रम जारी राख्नुहोस्

रुसले क्षेप्यास्त्र प्रहार गर्न थालेपछि युक्रेनमा सैन्य कानुन लागू


thumbकाठमाडौँ — रुसले लगातार आक्रमण गर्न थालेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा सैन्य कानुन लागू गरेका छन् । रुसले युक्रेनमा क्षेप्यास्त्र प्रहार गरेको बताउँदै राष्ट्रपति जेलेन्स्कीले सैन्य कानुन लागू गरेको घोषणा गरेका हुन् । रुसले युक्रेनका केही स्थानमा क्षेप्यास्त्र प्रहार गर्नुका साथै युक्रेनको साउथ कोस्ट आफ्ना सेना युक्रेनमा प्रवेश गराएको युक्रेनका सरकारी अधिकृत र सञ्चारमाध्यमलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

देउवाको दोहोरो पहल


सुरेन्द्र काफ्ले
/ राधा खनाल
सकेसम्म गठबन्धन जोगाउने, नत्र एमालेसँग सम्बन्ध गाँस्ने रणनीति
sherbahadur-deuba-kp-sharma-oli--deuba-oli_20220223011757काठमाडौं : एमसीसी अनुमोदन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनलाई मनाउन लागेकै छन्। तर, माओवादी केन्द्र र एकीकृत समाजवादी दोहोरो भूमिकामा देखिएका छन्। त्यही भएर प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट बढाएका छन्। देउवा र ओलीबीच मंगलबार भेटवार्ता भए पनि सहमति भने नभएको नेताहरूले बताएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

कलाकार जयनन्द लामाको निधन


thumbकाठमाडौँ — कलाकार जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान २ बजे चलचित्रको बैठक सकेर भक्तपुरको कौशलटारमा रहेको घर फर्किँदा घरको गेटमा मृत अवस्थामा फेला परेका थिए । उनको टाउकोमा चोट देखिएको उनी निकट कलाकार माधव थापाले जानकारी दिए । उनी ६५ वर्षका थिए । महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेका अनुसार मंगलबार बेलुका ७ बजे एउटा बैठकमा सहभागी हुन भन्दै लामा बौद्ध गएका थिए । बुधबार बिहान ७ बजेतिर आफन्तले बा३च ७७४१ नम्बरको कारमा लामालाई मृत भेटेको डीएसपी पाण्डेले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

चिनियाँसहित ३७ जना पक्राउ


काठमाडौँ — गैरकानुनी रुपमा अनलाइन जुवा खेलाएको कसुरमा एक चिनियाँसहित ३७ जना व्यक्तिहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा अरु ३६ जना नेपाली नागरिक हुन् । महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त टोलीले गएराति नयाँ बानेश्वरको एक घरमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी कार्यालयका अतिरिक्त महानिरीक्षक (एआईजी) हरी बहादुर पालका अनुसार प्रहरीले उनीहरूमाथि अहिले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार उनीहरूले अनलाइनमा जुवा खेलाउने र त्यसैका आधारमा धम्क्याएर रकम असुल्ने गरेको पाइएको छ । साथै अन्य गैरकानुनी काम गरेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सत्ता गठबन्धनमा एमसीसी टेबल गर्ने सहमति, संसदमा आजै पेश हुने


thumbकाठमाडौँ — सत्ता गठबन्धनमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्‍मा टेबल गर्ने सहमति जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु सहभागी थिए । बैठकमा तत्काल सत्ता गठबन्धन नै टुट्ने गरी उत्पन्न समस्या टार्ने गरी नेताहरु एमसीसी टेबल गर्न सहमत भएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्