भविष्य जोडिएको विमानस्थल


चेतन पन्त
lumbiniairport_20220130044431मुलुकमा ५० वर्ष अघिदेखि अन्तर्राष्ट्रिय उडान सुरु भए पनि हालसम्म एउटै विमानस्थल प्रयोग हुनु लाजमर्दो कुरा हो। मुलुक गरिब भएर होइन, विभिन्न समयमा सत्ता चलाएका सबैको सोच गरिब भएर हो। सबैलाई छर्लंग छ, मौसम खराब हुँदा काठमाडौं अवतरण हुन नसके ढाका, ह्लासा, दिल्ली वा लखनउ पुग्नु पर्ने अवस्था छ। भैरहवामा २०१५ सालदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भयो। तीन वर्षमा सकिने ६ वर्षमा बल्ल पूरा हुँदैछ। यसलाई तत्काल क्यालिबरेसन फ्लाइट गरेर अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संघमा निवेदन दिए। यसमा ३/४ महिनामा अन्तर्राष्ट्रिय उडान सम्भव छ। हाललाई अन्तर्राष्ट्रिय उडान ढिलै हुन गए पनि यसले काठमाडौंको विकल्पमा देशलाई अर्को विमानस्थल दिने छ। त्यसपछि अन्त कतै डाइभर्ट हुनु पर्दैन। यसले मुलुकको धेरै पैसा जोगाउँछ।

लुम्बिनीको पर्यटन विकास र मेचीदेखि महाकालीसम्म तराईका जनतालाई वैदेशिक रोजगारमा जान यो विमानस्थल कोसेढुंगा नै हो। हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ९८ प्रतिशत भन्दाबढी सकिएको छ। केवल विमानस्थलको रनवे लाइट र सञ्चार उपकरण चेकजाँच बाँकी छ। यसको ठेक्का पाएको एरो थाइ कम्पनीले चेकजाँच ढिलो गर्दा यो विमानस्थल उपयोगमा आउन सकेको छैन। यो विमानस्थल उपायोगमा आए पाँच सय मिटर भिजिबिलिटीमा पनि सजिलै अवतरण हुने उपकरण जडित छ। जुन जाडोमा बाक्लो हुस्सु लाग्दा पनि समस्या हँुदैन। यसले काठमाडौंको जटिल अवस्थालाई पनि विकल्प दिने छ। तीन हजार मिटर लामो रनवे र ४५ मिटर चौडा भएको यो विमानस्थल सुगम भौगोलिक क्षेत्रमा भएका कारण पनि काठमाडौं भन्दा सुगम अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ।

चिनियाँ ठेकेदार चाइना नर्थ वेस्ट एयरलाइन्स कम्पनीले ६ अर्ब ३० करोडको ठेक्का र एरो थाईले उपकरणमा ५० करोड गरी एसियाली विकास बैंकको लगानी र नेपाल सरकारले जग्गा अधिग्रहणमा मुआब्जामा २३ अर्ब रुपैयाँ लगानी गरेको छ। २३ अर्ब लगानी गर्न सक्ने देशले सात अर्ब ऋण लिनु पनि स्वाभाविक लाग्न सक्छ। यो कुरा छोडौं। अब तत्काल कसरी यो विमानस्थल प्रयोगमा ल्याउने कुरा गरौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वास्तवमा लुम्बिनीको पर्यटन विकासमै समर्पित हो ! हालसम्म लुम्बिनीमा वार्षिक केवल १ लाख ८० हजारसम्म तेस्रो मुलुकका र भारतीय दुई लाख ५० हजार र नेपाली करिब १५ लाखसम्म पर्यटन आगमनको तथ्यांक छ। पर्यटन विज्ञहरू भन्छन्, अन्तर्राष्ट्रिय उडान सुरु नभएसम्म पर्यटक आगमन संख्या यस्तै हुन्छ। कतिपय विदेशी पर्यटकलाई पथप्रदर्शकको आँकलन छ। यदि यो विमानस्थलबाट चीन, भारत र दक्षिणपूर्वी एसियाका मुलुक जोड्न सके २/३ वर्षमै पर्यटक आगमन २० लाखसम्म पुग्ने सम्भावना छ। जुन नेपालको पर्यटन विकासका लागि कोसेढुंगा हुनेछ।

यो विमानस्थल लुम्बिनी प्रदेशको मात्र होइन कि पर्यटन मानचित्रमा नेपालकै भाग्य रेखा, जीवन रेखा र कर्म रेखा हो! यसले हजारौं रोजगारी र अवसर प्रदान गर्ने निश्चित छ। यसको नियमित अन्तर्राष्ट्रिय उडान नभएसम्म नेपाल र नेपालीले यस्ता अवसर गुमाइरहने छन्। पर्यटनसँगै यो विमानस्थलले नेपालको कृषि र अन्य उत्पादनको निर्यातमा ढोका खोल्ने छ। आयातलाई पनि सहजीकरण गर्नेछ। विमानस्थलले पश्चिम पहाडी भेगका अग्र्यानिक उत्पादन र कृषि बजारका लागि बरदान हुने निश्चित छ।

जति ढिला गर्छौं छिमेकले उति नै फाइदा लिँदै जानेछ। भारतले भैरहवाबाट मात्र १५० किलोमिटर दक्षिण बुद्धको महापरिनिर्वाण स्थल कुशीनगरमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरेको छ। बौद्ध पर्यटक पहिलो दर्शन बुद्ध जन्मस्थल लुम्बिनीबाट प्रारम्भ गरी ज्ञानभूमि बोधगया भारत जान्छन्। रेल र अन्तर्राष्ट्रिय विमानस्थलको अभावमा भने बौद्ध पर्यटनको दिशा उल्टो घुमेको छ। भ्रमण गरिरहँदा बौद्ध भिक्षु र उपासक,उपासिकाहरूको एउटै प्रश्न हुन्छ, ‘लुम्बिनीको अन्तर्राष्ट्रिय विमानस्थल कहिले सुरु हुन्छ ?’

विमानस्थल उडानका लागि क्यालिब्रेसन फ्लाइट र भारतसँगको हवाई मार्ग निर्धारण, आईकाओसँग अन्तर्राष्ट्रिय विमानस्थलको मान्यता आदि कार्य प्राथमिकताका विषय हुन् ! विमानस्थलका लागि भन्सार, अध्यागमन, बैंकलगायत सुरक्षा व्यवस्थाका लागि सरकारले तत्काल कार्य प्रारम्भ जरुरी छ। त्यससँगै सरकार र निजीक्षेत्र अन्तर्राष्ट्रिय वायुयान कम्पनीसँग भैरहवाबाट हवाई उडान सम्झौताका लागि पनि पहल जरुरी छ। यस्ता कामलाई मुलुकले प्राथमिकतामा राखेर आर्थिक क्षेत्रलाई नै कायापलट गर्ने राष्ट्रिय गौरवको आयोजनालाई महत्व राख्न जरुरी छ। होइन भने हामी जति ढिलो गर्छौं, उति बेफाइदा हुने निश्चित छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हाललाई सानै भए पनि टर्मिनल भवन काम चलाउ छ। भविष्यमा यसले पर्यटक आगमन थेग्न सक्दैन। हाल केवल पाँच जेट पार्किङ र दुईवटा जेटका यात्रुलाई भवनभित्र राख्ने क्षमता छ। एरो बिरिज छैन, सिँढी प्रयोग गर्नुपर्छ। तर दोस्रो टर्मिनल भवनको डिजाइन भइसकेको छ। जसको क्षमता १० जेट पार्किङ र ६ वटा एरोबिरिज सहित छ। जुन ३०\४० वर्षसम्म थेग्न सक्छ। यो विमानस्थल अन्तर्राष्ट्रिय उडानसँगै दोस्रो टर्मिनलका लागि पनि सरकारले तत्काल कार्य प्रारम्भ गर्न उत्तिकै आवश्यक छ। यदि सन् २०२२ को प्रारम्भमा भैरहवा र लगतै पोखराको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन सके पर्यटन आगमनका लागि हारगुहार गर्नुपर्ने स्थितिको अन्त्य हुने निश्चित छ।(अन्नपूर्ण )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.