आकर्षक रोजगारीको प्रलोभनमा परेर भिजिट भिसामा यूएई पुगेका सयौं नेपाली यतिबेला ‘ओभरस्टे’ भएपछि गैरकानुनी हैसियतमा पुगेका छन्, उनीहरुले कानुनी उल्झनका अलावा प्रत्येक दिन एक सय दिराम अर्थात् तीन हजार रूपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ
होम कार्की
काठमाडौँ — यूएई र नेपाल सरकारबीच भएको श्रम सम्झौताविपरीत संयुक्त अरब इमिरेट्स (यूएई) का स्थानीय र अन्तर्राष्ट्रिय कम्पनीले नेपाली कामदार भर्ना गरिरहँदा पनि नेपाल सरकारले आश्चर्यलाग्दो मौनता साधिरहेको छ । हजारौं नेपाली रोजगारीको प्रलोभनमा परी भिजिट भिसामा यूएई पुग्ने र अलपत्र पर्ने क्रम बढेको छ । सरकारले भने त्यस्ता काममा संलग्नमाथि कारबाही नगरी प्रतिबन्धको पुरानै नीति अख्तियार गरेको छ । नेपाली श्रमिकलाई गैरकानुनी रूपमा भिजिट भिसामा यूएई पुर्याउने र त्यहाँका कम्पनीका काम लगाउने अभ्यास द्विदेशीय श्रम सम्झौताविपरीत देखिन्छ । सरकारी प्रक्रिया छलेर भइरहेको यस्तो अभ्यासले नेपाली श्रमिक जोखिममा मात्रै परिरहेका छैनन्, ठगी, जालसाझी र अमानवीय व्यवहारदेखि मृत्युकै घटनासम्म व्यहोरिरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्