Daily Archives: 18/01/2022

उपसचिवको ‘कमाइ’ : ८७ ठाउँमा जग्गा, २२ वटा घर


काठमाडौं, भक्तपुर, कास्की, दाङ, कैलाली र कञ्चनपुरका ३२ स्थानको जग्गा, तीन वटा घर र बैंकको १९ लाख रोक्का
स्रोत नखुलेको सम्पत्तिबाट बढे–बढाइएको सम्पत्ति पनि जफत गर्नुपर्ने अख्तियारको मागदाबी
मातृका दाहाल
thumbकाठमाडौँ — दुई दशकअघि सरकारी सेवा प्रवेश गरेका एक कर्मचारीले पदको दुरुपयोग गरी कमाएको पैसाले पत्याउनै मुस्किल पर्ने गरी ८७ ठाउँमा जग्गा/जमिन खरिद गरेका छन् । त्यसबाहेक काठमाडौंमा मात्रै २२ ठाउँमा घर बनाएर बिक्री गरेको र विभिन्न बैंकमा १९ वटा खाता खोलेर लेनदेन गरेको खुलेको छ । २०५५ वैशाख २७ मा शाखा अधिकृतबाट सेवा प्रवेश गरेका दार्चुलाको शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वर स्थायी ठेगाना भई हाल सुदूरपश्चिम प्रदेश वन निर्देशनालय धनगढीका निमित्त वन निर्देशक (उपसचिव) हेमराज विष्टले सरकारी सेवा प्रवेश गरेयताको २२ वर्षमा आधा दर्जन जिल्लाका ८७ ठाउँमा पत्नी रुबी जीसी र आफ्ना नाममा जग्गा किनेको भेटिएको छ । मध्यमस्तरको पारिवारिक पृष्ठभूमि रहेका उनले २२ वर्षमा कमाएका सम्पत्तिको विवरण खोज्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई एक वर्ष लाग्यो । अख्तियारले विष्टको सम्पत्तिमाथि २०७७ असोजबाट अनुसन्धान थालेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्