Daily Archives: 12/01/2022

एमालेको नजर माओवादीतिर, समाजवादीको एमालेतिर


माओवादीमा विद्रोह गराएर नेता–कार्यकर्ता एमालेमा भित्र्याउने ओलीको रणनीति, एमालेभित्रका असन्तुष्ट नेता–कार्यकर्ता तान्ने नेपालको लक्ष्य
बबिता शर्मा
thumbकाठमाडौँ — आगामी निर्वाचनलाई ध्यान दिँदै एमाले र एमालेबाटै विभाजन भएर बनेको एकीकृत समाजवादीले संगठन विस्तारलाई तीव्रता दिएका छन् । दुवैले आन्तरिक कामसँगै पार्टी प्रवेशलाई अभियानकै रूपमा चलाएका छन् । एमाले अध्यक्ष केपी ओली अन्य पार्टीका नेता–कार्यकर्ता प्रवेश गराएर विभाजनबाट पुगेको संगठनात्मक क्षति पूरा गर्ने दाउमा छन् । तीनै तहको चुनावमा एमाले पहिलो शक्ति बन्ने उनको दाबी छ । सबै जिल्ला र प्रदेशमा पार्टी प्रवेशलाई राजनीतिक जागरणको अभियान बनाउन एमालेले सबै कमिटीलाई निर्देशन दिएको छ । अध्यक्ष ओली आफैं पनि पार्टी प्रवेश कार्यक्रमका लागि काठमाडौंबाहिरका जिल्ला पुगिरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्