सीआईबीका ५० अधिकारीले तीन वर्ष लगाएर गरेका थिए अनुसन्धान
९१ वर्षअघिका कागज समेतका आधारमा प्रहरीद्वारा १३ अर्ब बिगो दाबी
तर मुद्दा दर्ता गर्ने अन्तिम म्यादको अघिल्लो दिन सरकारी वकिलले प्रहरीलाई फिर्ता पठाए प्रतिवेदन
मातृका दाहाल
काठमाडौँ — बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हडप्न किर्ते गर्नेविरुद्ध ३ वर्ष लगाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तयार पारेको प्रतिवेदनलाई सरकारी वकिलको कार्यालयले अस्वीकार गरेको छ । मुद्दा दायर गरिसक्नुपर्ने हदम्यादको अघिल्लो दिन सोमबार सरकारी वकिलको कार्यालय काठमाडौंले प्रतिवेदन सीआईबीलाई फर्काएकाले अब मुद्दा दर्ता गर्न असहज भएको छ । आर्थिक तथा राजनीतिक स्वार्थका कारण सरकारी वकिल कार्यालयलाई दुरुपयोग गरेको भन्दै कानुनवेत्ताले आलोचना गरेका छन् । राजनीतिक रूपमा पदको दुरुपयोग गर्ने नेता, कर्मचारी र सरकारी जग्गा हडप्नेहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ । कागजात किर्ते गर्ने कर्मचारी तथा अन्य व्यक्तिलगायत तीन सय जनाविरुद्ध छुट्टै अनुसन्धान गरी प्रहरीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन दिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 11/01/2022
ललिता निवास किर्ते प्रकरण : सरकारले रोक्यो मुद्दा
Posted in समाचार