Daily Archives: 05/01/2022

नारायणहिटीमा रजाइँ


नारायणहिटी संग्रहालयभित्र रोयल बगैंचा रेस्टुरेन्ट सञ्चालन गर्न जम्मा तीन कम्पनीबीच प्रतिस्पर्धा, तीनै कम्पनी (बतास एसोसिएट्स, बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट र होटल आनन्द) बतास समूहका
दरबारभित्रको बनिबनाऊ क्यान्टिन भवनका लागि मासिक न्यूनतम २ लाख २० हजार ४४० रूपैयाँ तोकिएकामा रहस्यमय रुपमा होटल आनन्दद्वारा २ लाख २० हजार ५ सय र बीपीएसद्वारा २ लाख २१ हजार ६१८ रूपैयाँ कबोल
सुरज कुँवर
thumbकाठमाडौँ — शाहवंशीय राजाहरूले १ सय २२ वर्षसम्म शासन गरेको नारायणहिटी दरबार संग्रहालयलाई इतिहासका लागि संरक्षण गर्नुको सट्टा सरकारले परिसरभित्रको जग्गा र भवन व्यापारिक प्रयोजनमा भाडामा दिएको छ । महिनामा जम्मा २ लाख २१ हजार रुपैयाँमा भाडा आउने निश्चित गरी संग्रहालयभित्र धमाधम संरचना बनाइँदै छ । नेपाल ट्रस्टको स्वामित्वमा रहेको संग्रहालयभित्र रोयल बगैंचा रेस्टुरेन्ट सञ्चालन गर्न केपी शर्मा ओली नेतृत्वको सरकारकै पाला १७ पुस २०७७ मा बतास समूहको बीपीएस लिजिङ कम्पनीसँग सम्झौता भएको थियो । आश्चर्यजनक के भने तीन कम्पनीबीच प्रतिस्पर्धा गराइएकामा तीनै कम्पनी (बतास एसोसिएट्स, बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट र होटल आनन्द) बतास समूहका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्