कुवेत। गैरआवासीय नेपाली संघ कुवेतले अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना गरेको अन्तर नेपाली खुला भलिबल प्रतियोगितामा खेलाडी र दर्शकहरुको लागि निशुल्क स्वास्थ्य चेक जाँचको पनि ब्यबस्था रहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 04/01/2022
NRNA द्वारा आयोजित आगामी हप्ता हुने भलिबल प्रतियोगितामा स्वास्थ्य चेकजाँचको सुविधा पनि।
Posted in समाचार
माओवादी अध्यक्षमा फेरि दाहाल
‘जनताको सेवा गर्ने यो अन्तिम अवसर हो, सायद अन्तिम चुनौती पनि’- दाहाल
आकांक्षीको व्यवस्थापन गर्न जटिल भएपछि अन्य पदाधिकारी चयन प्रक्रिया अलपत्र, सबैभन्दा बढी प्रतिस्पर्धा महासचिवमा
बबिता शर्मा
काठमाडौँ — आठौं राष्ट्रिय महाधिवेशनको हलबाट अपुरो केन्द्रीय समिति चयन गरेको अर्को दिन माओवादीले केन्द्रीय समिति बैठकबाट अध्यक्षमा पुनः पुष्पकमल दाहाललाई निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्ष, महासचिवलगायत केन्द्रीय पदाधिकारी चयन गर्न बसेको केन्द्रीय समिति बैठक तीन दशकभन्दा बढी पार्टी प्रमुख रहँदै आएका दाहाललाई अध्यक्ष चयन गरी पुस २५ सम्म स्थगित भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
ओलीकै नीतिलाई अनुमोदन ?
आफ्ना विरोधीलाई तह लगाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ र गृह मन्त्रालयमातहत रहेका शक्तिशाली विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याएको भनेर प्रश्न उठाउँदै आएका देउवा अहिले त्यही प्रश्न आफूतिर फर्कंदा भने मौन छन् राजस्व र सम्पत्ति शुद्धीकरण विभागलाई अर्थमा सार्न अर्थमन्त्री जनार्दन शर्माले गरेको आग्रह बेवास्ता, राष्ट्रिय अनुसन्धान विभाग पनि फर्काउन आलटाल
कुलचन्द्र न्यौपाने
काठमाडौँ — तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चार वर्षअघि राष्ट्रिय अनुसन्धान, राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागलाई आफूमातहत ल्याउँदा चर्को विरोध गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले तीनै निकायलाई पूर्ववत् अवस्थामा फर्काउन मानेका छैनन् । अर्थमन्त्री जनार्दन शर्माले राजस्व र सम्पत्ति शुद्धीकरण विभागलाई अर्थमा सार्न केही समययता आग्रह गरिरहेका छन् तर बालुवाटार सकारात्मक नभएकै कारण यी दुईसहित तत्कालीन प्रधानमन्त्री ओलीले आफूमातहत ल्याएका दर्जनभन्दा बढी शक्तिशाली निकाय अहिले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतमै छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार