काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदाधिकारी चयन गर्न आन्तरिक गृहकार्यमा जुटेका छन्। सोमबार बिहानैदेखि उनले आफूनिकट नेताहरुसँग द्विपक्षीय र बहुपक्षीय छलफल जारी राखेका छन्। अध्यक्षमा निर्विकल्प देखिएका प्रचण्डलाई महासचिव छान्न सकस परेको छ। महासचिवका आकांक्षीहरु कृष्णबहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेतले लविङ तीब्र पारेका छन्। पदाधिकारी चयन गर्न केन्द्रीय कमिटीको पहिलो बैठक सोमबार दिउँसो बस्दैछ। नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक ललितपुरको सानेपा हाइटस्थित हेरिटेज प्लाजामा दिउँसो ३ बजे बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ। सोमबारको बैठकले बाँकी सदस्यको नाम, अध्यक्षसहित पदाधिकारीको चयन टुंगो लगाउने पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 03/01/2022
पदाधिकारी चयनमा प्रचण्डलाई सकस, केन्द्रीय कमिटी बैठक बस्दै
Posted in समाचार
ओमिक्रोनको असर फोक्सोमा न्यून, घाँटीमा बढी
भाइरसको संख्या भने छिटो सर्ने र बढ्ने देखिएको वैज्ञानिकहरुको भनाइ
नवीन पोखरेल
लन्डन — पछिल्लो समय विश्वभर द्रुत गतिमा फैलिरहेको कोभिड–१९ को संक्रामक भेरिएन्ट ओमिक्रोनले गम्भीर प्रकृतिको रोग निम्त्याउने खतरा कम रहेको नयाँ अनुसन्धानले देखाएको छ । बेलायतमा ६ वटा अनुसन्धान समूहले गरेको अध्ययनमा ओमिक्रोनले संक्रमित व्यक्तिको घाँटीमा समस्या उत्पन्न गरे पनि फोक्सोमा गम्भीर असर
नगर्ने देखिएको हो । तीमध्ये चारवटा अध्ययनअनुसार यसअघिका डेल्टा वा अन्य भेरिएन्टले जस्तो ओमिक्रोनले मानिसको फोक्सोमा असर
नगर्ने देखिएको बेलायती अखबारहरूले उल्लेख गरेका छन् । उक्त अध्ययन प्रतिवेदन अन्य वैज्ञानिकहरूले गहिरोसँग अध्ययन गर्न भने बाँकी रहेको जनाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार