Monthly Archives: जनवरी 2022

एमसीसी’bout निर्णायक पहलमा प्रधानमन्त्री


पारित गर्ने वा नगर्ने अधिकार संसद्को भएकाले अब प्रक्रिया अघि बढाउन प्रधानमन्त्री देउवाको दबाब
साझा धारणा बनाउने सहमतिअनुसार सदन १० दिनका लागि स्थगित
बबिता शर्मा
thumbकाठमाडौँ — अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अघि बढाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा निर्णायक पहलमा जुटेका छन् । अनुमोदन गर्ने वा नगर्ने जिम्मेवारी संसद्को नै भएको भन्दै उनले प्रक्रिया भने अविलम्ब अघि बढाउन अग्रसरता लिएका छन् । स्थानीय तहको निर्वाचनको विषयमा एक ठाउँमा उभिएको सत्ता गठबन्धनभित्र एमसीसी सम्झौता’bout फरक मत छ । यो विषयमा पछिल्ला दिनमा सघन छलफल भए पनि टुंगो लागेको छैन । साझा धारणा बनाउने विषयमा पहल गर्न सकिने भन्दै वाम दलहरूको प्रस्ताव र प्रधानमन्त्रीको समेत सहमतिमा प्रतिनिधिसभा बैठक १० दिन पर सारिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

भविष्य जोडिएको विमानस्थल


चेतन पन्त
lumbiniairport_20220130044431मुलुकमा ५० वर्ष अघिदेखि अन्तर्राष्ट्रिय उडान सुरु भए पनि हालसम्म एउटै विमानस्थल प्रयोग हुनु लाजमर्दो कुरा हो। मुलुक गरिब भएर होइन, विभिन्न समयमा सत्ता चलाएका सबैको सोच गरिब भएर हो। सबैलाई छर्लंग छ, मौसम खराब हुँदा काठमाडौं अवतरण हुन नसके ढाका, ह्लासा, दिल्ली वा लखनउ पुग्नु पर्ने अवस्था छ। भैरहवामा २०१५ सालदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भयो। तीन वर्षमा सकिने ६ वर्षमा बल्ल पूरा हुँदैछ। यसलाई तत्काल क्यालिबरेसन फ्लाइट गरेर अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संघमा निवेदन दिए। यसमा ३/४ महिनामा अन्तर्राष्ट्रिय उडान सम्भव छ। हाललाई अन्तर्राष्ट्रिय उडान ढिलै हुन गए पनि यसले काठमाडौंको विकल्पमा देशलाई अर्को विमानस्थल दिने छ। त्यसपछि अन्त कतै डाइभर्ट हुनु पर्दैन। यसले मुलुकको धेरै पैसा जोगाउँछ। पढ्नेक्रम जारी राख्नुहोस्

जन्मदर घट्नु चिन्ताकै विषय हो : महानिर्देशक श्रेष्ठ


thumbकाठमाडौँ — केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार वार्षिक जनसंख्या वृद्धिदर घटेको छ । १० वर्षअघि वार्षिक वृद्धिदर १.३५ प्रतिशत रहेकामा यसपटक भने ०.९३ प्रतिशतमा झरेको छ । जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हो । वि.सं. १९८७ र १९७७ को जनगणनामा भने जनसंख्या वृद्धिदर ऋणात्मक थियो । तर १९९८ सालमा गरिएको जनगणनायता वृद्धिदर १ प्रतिशतभन्दा माथि थियो । यसै सन्दर्भमा केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठसँग गरिएको कुराकानी : पढ्नेक्रम जारी राख्नुहोस्

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०


गणेश राई
काठमाडौँ — नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो ।यसपटक जनसंख्या वृद्धिदर भने घटेको विभागले जनाएको छ । अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिशत पुगेको छ । दस वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ अर्थात १०.१८ प्रतिशतले बढेको विभागले जनाएको छ । यसपटकको जनगणनामा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ । पछिल्लो जनगणनाअनुसार नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हो । यसअघि विक्रम संवत १९९८ मा गरिएको जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १.२७ प्रतिशत रहेको थियो । त्यसअघि १९८७ र १९७७ मा गरिएको जनगणनामा भने जनसंख्या वृद्धिदर माइनसमा थियो । पढ्नेक्रम जारी राख्नुहोस्

भिजिट भिसा’ ले बढायो यूएईमा मानव तस्करी


आकर्षक रोजगारीको प्रलोभनमा परेर भिजिट भिसामा यूएई पुगेका सयौं नेपाली यतिबेला ‘ओभरस्टे’ भएपछि गैरकानुनी हैसियतमा पुगेका छन्, उनीहरुले कानुनी उल्झनका अलावा प्रत्येक दिन एक सय दिराम अर्थात् तीन हजार रूपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ
होम कार्की

thumbकाठमाडौँ — यूएई र नेपाल सरकारबीच भएको श्रम सम्झौताविपरीत संयुक्त अरब इमिरेट्स (यूएई) का स्थानीय र अन्तर्राष्ट्रिय कम्पनीले नेपाली कामदार भर्ना गरिरहँदा पनि नेपाल सरकारले आश्चर्यलाग्दो मौनता साधिरहेको छ । हजारौं नेपाली रोजगारीको प्रलोभनमा परी भिजिट भिसामा यूएई पुग्ने र अलपत्र पर्ने क्रम बढेको छ । सरकारले भने त्यस्ता काममा संलग्नमाथि कारबाही नगरी प्रतिबन्धको पुरानै नीति अख्तियार गरेको छ । नेपाली श्रमिकलाई गैरकानुनी रूपमा भिजिट भिसामा यूएई पुर्‍याउने र त्यहाँका कम्पनीका काम लगाउने अभ्यास द्विदेशीय श्रम सम्झौताविपरीत देखिन्छ । सरकारी प्रक्रिया छलेर भइरहेको यस्तो अभ्यासले नेपाली श्रमिक जोखिममा मात्रै परिरहेका छैनन्, ठगी, जालसाझी र अमानवीय व्यवहारदेखि मृत्युकै घटनासम्म व्यहोरिरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

शुक्रराज अस्पतालमा ६० स्वास्थ्यकर्मी संक्रमित, रोकियो खोप कार्यक्रम


काठमाडौँ — शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा जारी खोप कार्यक्रम स्थगित गरिएको छ । अस्पतालका ६० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सोमबारदेखि ७ दिनका लागि खोप कार्यक्रम स्थगित गरिएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए । कोरोनाको पहिलो र दोस्रो लहरमा अस्पतालमा यत्तिका धेरै स्वास्थ्यकर्मी संक्रमित भएका थिएनन् । स्वास्थ्यकर्मी संक्रमित भएसँगै अस्पतालको सेवा प्रभावित भए पनि कुनै पनि सेवा नरोकिएको गौतमको भनाइ छ । ‘थप स्वास्थ्यकर्मी संक्रमित नहोउन् र सेवा नै स्थगित गर्नुपर्ने अवस्था नआओस् भनेर खोप कार्यक्रम तत्कालका लागि रोकेका हौँ,’ उनले भने । पढ्नेक्रम जारी राख्नुहोस्