Daily Archives: 27/12/2021

चार ‘ब’ बाहिरिँदा दाहालको एकछत्र


नरेन्द्र साउद
नेतृत्व अब बहुपदीय, पदाधिकारी तानातान
maoist-voncention_20211227003520काठमाडौं : सशस्त्र युद्धताका प्रचण्ड मातहत चार ‘ब’ शक्तिशाली थिए– बाबुराम, वैद्य, बादल र विप्लव। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का दाहिने–देब्रे हात मात्र होइन, बलिया साथ थिए उनीहरू। माओवादी शान्ति प्रक्रियामा आएपछि क्रमशः सत्ता र शक्तिको खेलमा जेलिँदै गयो। पार्टी र अवसरमा दाहालको एकछत्र चल्दै गयो। दाहालको दबदबाबाट बिरक्तिएका चारै ‘ब’ ले क्रमशः पार्टी छाडे। चुनौती दिनेले मैदान खालि गरेपछि दाहालसामु नेतृत्वको प्रश्न उठाउने हैसियतको कोही रहेन। पढ्नेक्रम जारी राख्नुहोस्

परीक्षणका क्रममा सोलुखोला जलविद्युत्‌मा दुर्घटना : दुई इन्जिनियरको मृत्यु, एक घाइते


भानुभक्त निरौला
thumbसोलुखुम्बु — सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा दुई जना इन्जिनियरको मृत्यु भएको छ । सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा पाइप विस्फोट हुँदा दुई जना इन्जिनियरको मृत्यु भएको छ भने परियोजना व्यवस्थापक गम्भीर घाइते भएका छन् । आइतबार साँझ फलामको पाइपमा पानी हाल्ने क्रममा पाइप पड्किएपछि उक्त घटना भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्