चन्द्र गाेतामे
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको आयोजनामा दुई दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ वैदेशिक शाखाका सदस्यहरूलाई पत्रकारितामा थप उर्जावान सहित सकृय बनाउन र क्षमता अभिवृद्धिका लागि आधारभुत पत्रकारिता तालिम आयोजना गरिएको शाखाका अध्यक्ष नबराज पन्थीले बताएका छन । अनलाइन प्रबिधिको सदुपयोग गर्दै अनलाईन मार्फत आयोजना गरिएको पत्रकारिता तालिमको सहजीकरण नेपाल प्रेस ईन्स्टिच्युटका तालिम संयोजक कपिल काफ्लेले गरेका थिए । त्यसैगरी दोश्रो हप्ताको अन्तिम सत्रमा डिजिटल मिडियाको ’boutमा अर्जुन कार्कीले तालिममा सहभागीलाई सहजीकरण गरेका थिए ।
पत्रकारिता तालिम गत डिसेम्बर १७ र २४ तारिक शुक्रबार गरि दुई दिनसम्म शाखाका अध्यक्ष नबराज पन्थीको अध्यक्षतामा चलेको थियो। पत्रकारिता तालिममा शाखाका १५ जना नयाँ पुराना सदस्यहरुको सहभागिता रहेको थियो।