Daily Archives: 23/12/2021

माओवादीले विगत समीक्षा गर्दै नयाँ नीति लिने


शान्ति प्रक्रियामा आएपछि भएको संविधानसभा निर्वाचनमा ठूलो दल बनेको माओवादी अहिले तेस्रोमा खुम्चिएको छ भने नेतृत्व र नेताहरु विचलित भएको आवाज पार्टीभित्रै उठ्ने गरेको छ
जयसिंह महरा
thumbकाठमाडौँ — माओवादीले शान्ति प्रक्रियापछि लिएको कार्यदिशा’bout गम्भीर समीक्षा गर्ने भएको छ । शान्ति प्रक्रियामा आइसकेपछि संघीय लोकतान्त्रिक संविधान निर्माणलाई मुख्य उपलब्धिका रूपमा व्याख्या गर्दै माओवादीले त्यसपछि सरकार र पार्टी सञ्चालमा भएका त्रुटि’bout समीक्षा गर्न लागेको हो । ‘नयाँ क्रान्तिरकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ मूल नाराका साथ आगामी कार्यदिशा तय गर्न लागेको प्रवक्ता कृष्णबहादुर महराले बुधबार जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहालले यी मूल नारामा केन्द्रित रहेर राजनीतिक दस्ताबेज तयार पारेका छन् । उक्त दस्ताबेज पुस ११–१३ सम्म राजधानीमा हुने राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्नेछन् । पढ्नेक्रम जारी राख्नुहोस्