Daily Archives: 21/12/2021

एमसीसीमा देउवाको ताकेताले गठबन्धनमा कम्पन


सकेसम्म गठबन्धनभित्रै सहमति गरेर सम्झौता संसद्मा अगाडि बढाउने, नभए एमालेको सहयोग लिने प्रधानमन्त्रीको तयारी
कुलचन्द्र न्यौपाने
thumbकाठमाडौँ — कांग्रेस महाधिवेशनबाट सभापति चुनिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले चार वर्षदेखि संसद्मा अड्किएको एमसीसी सम्झौता अनुमोदन गर्न हतारो देखाएपछि सत्ता घटक दलबीच गठबन्धनको भविष्यलाई लिएर संशय पैदा भएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले यही साताभित्र सम्झौता अनुमोदन गर्नुपर्ने भन्दै समर्थनका लागि आग्रह गरेपछि सत्ता घटक पाँच दलमध्ये माओवादी केन्द्र र एकीकृत समाजवादी अप्ठ्यारोमा परेका हुन् । एमसीसी सम्झौताका कतिपय प्रावधान राष्ट्रियताविपरीत रहेको भन्दै माओवादी र एकीकृत समाजवादीले यथास्थितिमा पारित नगर्न दबाब दिइरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्