Daily Archives: 19/12/2021

नेपाली क्रिकेटमा अप्रिय विवाद


CAN_20141223083009नेपाली क्रिकेटका लागि विवाद पर्यायजस्तै भैसकेको छ । खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) बीच भइरहेको पछिल्लो विवाद पनि नौलो होइन, यसमा विगतकै झल्को आउँछ । यद्यपि, यसपटकको विवादले भने अलि ठूलै रूप लिइसकेको छ । ‘सेन्ट्रल कन्ट्र्याक्ट’ को वर्गीकरणबाट सुरु भएको विवाद अहिले खेलाडीमाथि कारबाहीसम्म पुगेको छ । वर्गीकरणको विरोधमा सञ्चारमाध्यमसामु बोलेपछि क्यानले ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तान पदबाट मुक्त गर्नुका साथै अन्य दुई खेलाडीलाई पनि छ महिना वर्गीकरणमा नराख्ने निर्णय गरेको छ । यही कारण, अहिलेको विवाद खेलाडी र खेल–सरोकारवालामाझ मात्र सीमित छैन, आम तहसम्मै छताछुल्ल भएको छ, नेपाली क्रिकेटका शुभेच्छुकहरूलाई यसले चिन्तित तुल्याएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

एमसीसी अघि बढाउन देउवालाई अप्ठ्यारो


गठबन्धनभित्रैको असहमति, विपक्षीको सर्तदेखि सभामुखको भूमिकासम्मका विषय चुनौती
बबिता शर्मा
काठमाडौँ — संसद्को जारी अधिवेशनबाट अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको अनुदानसम्बन्धी सम्झौता अनुमोदन गराउन प्रयास गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाका अगाडि चुनौती धेरै देखिएका छन् । ती चुनौती हटाउन देउवाले द्विपक्षीय र बहुपक्षीय संवाद सुरु गरेका छन् । प्रधानमन्त्री देउवा पुस ६ मा बस्ने संसद् बैठकमा एमसीसी प्रवेश गराउन चाहन्छन् तर गठबन्धनको भविष्य, विपक्षीको सर्त, राष्ट्रिय सभा चुनावदेखि सभामुखको भूमिकासम्मका विषय उनका लागि चुनौती बनेर आएका हुन् । संवैधानिक र राजनीतिक संघर्षबाट प्राप्त भएको सरकारको मुख्य जग पाँचदलीय गठबन्धन रहेकाले यसलाई जोखिममा राखेर एकतर्फी अगाडि बढ्नु प्रधानमन्त्री देउवाका लागि ठूलो चुनौती भएको निकट नेताहरूको बुझाइ छ । ‘प्रधानमन्त्रीज्यूले गठबन्धनको महत्त्व बुझ्नुभएको छ, यो भत्किने गरी एमसीसीमा अगाडि बढ्न उचित ठान्नुभएको छैन,’ निकट एक मन्त्री भन्छन्, ‘तर गठबन्धनभित्रै सहमति जुटाउन पनि चुनौती छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्