कांग्रेस महामन्त्री पदको मतगणना सुरू


thumb (1)काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरू भएको छ । सानेपास्थित कांग्रेस मुख्यालयमा अहिले साढे १० बजेबाट मतगणना सुरु भएको हो । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले महामन्त्री पदको मतगणना सुरु भएको जानकारी दिए । सभापति र उपसभापतिको भने मतगणना भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् । महामन्त्रीमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, मिनेन्द्र रिजाल, प्रकाशशरण महत र राजाराम कार्की प्रतिस्पर्धामा छन् । सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको छ ।

कांग्रेसमा यसपटक सभापतिसहित १३४ पदमा निर्वाचन भएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.