Daily Archives: 16/12/2021

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित


जयसिंह महरा
safe_imageकाठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा विजयी भएका छन् । शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन् ।त्यस्तै, १९८४ मत ल्याउँदै दोस्रो स्थानमा रहेर विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा निर्वाचित भए । केन्द्रीय निर्वाचन समितिले भने मतपरिणामको औपचारिक घोषणा गर्न बाँकी छ । प्रकाशशरण महत १५५० मतसहित तेस्रो स्थानमा रहे । प्रदीप पौडेल भने १४०९ मतसहित चौथो स्थानमा रहे। त्यस्तै मीनेन्द्र रिजालले ८०९ मत प्राप्त गरे । त्यस्तै राजाराम कार्कीले १०७ मत प्राप्त गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

कांग्रेस महामन्त्री पदको मतगणना सुरू


thumb (1)काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरू भएको छ । सानेपास्थित कांग्रेस मुख्यालयमा अहिले साढे १० बजेबाट मतगणना सुरु भएको हो । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले महामन्त्री पदको मतगणना सुरु भएको जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

ज्ञानेन्द्र र दीपेन्द्र पदमुक्त, कप्तानमा सन्दीप


कुशल तिमल्सिना
thumbकाठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीको जिम्मेबारी खोसेको छ । क्यानको बुधबार बसेको बोर्ड बैठकले राष्ट्रिय टोलीका चार खेलाडीलाई कारबाही गर्ने निर्णय गरेको हो । क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल संयोजकत्वको अनुशासन उल्लंघनसम्बन्धी गठित छानबिन समितिको सिफारिसअनुसार बैठकले उक्त निर्णय गरेको हो । पछिल्लो समय क्यान र कप्तान/ उपकप्तानसहित राष्ट्रिय क्रिकेट खेलाडीबीचको विवाद उत्कर्षमा पुगेको थियो । बैठकले ज्ञानेन्द्र र दीपेन्द्रको पदीय जिम्मेबारी खोसेको छ भने उनीहरूसहित टोलीका सिनियर सदस्य सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को सुरुआती ६ महिनाका लागि सेन्ट्रल कन्ट्र्याक्ट (केन्द्रीय अनुबन्धन) मा सहभागी नगराउने निर्णय गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्