Daily Archives: 15/12/2021

एमालेका मनोनीत ४४ केन्द्रीय सदस्यहरूको शपथग्रहण आज


1618214261-mK9Lg२९ मंसिर, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुको शपथ ग्रहण आज हुँदै छ । बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहणको कार्यक्रम राखिएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउने र त्यसपछि सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

रामचन्द्रको आशंका : प्रधानमन्त्री देउवाले बीचमै संसद् अन्त्य गर्न सक्छन्


Ramchandra-Paudel-2काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नवनिर्वाचित सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् बीचमै अन्त्य गर्न सक्ने आशंका गरेका छन्। बुधबार बिहान फेसबुकमार्फत उनले देउवाको नाम नलिई संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरेको दाबी गरेका छन्।
उनले भनेका छन्, ‘संसद चलाउछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरि अघि बढ्यो भने ओलीको नियतीका सामु समर्पण गरेको ठहर्रिनेछ।’ उनले राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने आपत्तिजनक क्रियाकलापतर्फ सचेत रहन ध्यानाकर्षण गराएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

देउवा फेरि कांग्रेस सभापति


कोइराला परिवारसँग पौंठेजोरी खेल्दै नेतृत्वमा स्थापित हुने नेताको छवि
कलेन्द्र सेजुवाल, जयसिंह महरा
thumbकाठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो पटक सभापति निर्वाचित भएका छन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापति बनेका हुन् ।सोमबार भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीच मंगलबार पुनः निर्वाचन गराएर कांग्रेसको नेतृत्व चयन गरिएको हो । दोस्रो चरणमा देउवा २ हजार ७ सय ३३ मत ल्याएर निर्वाचित भएका हुन् । मतदान अधिकृत सुनील पाण्डेका अनुसार ४ हजार ६ सय २३ मत खसेकामा प्रतिस्पर्धी कोइरालाले १ हजार ८ सय ५५ मत पाए । ३५ मत बदर भयो । दिउँसो साढे ३ बजेदेखि राति साढे ९ बजेसम्म मतदान भएको थियो । मंगलबार राति सवा ११ बजे सुरु भएको मतगणना बुधबार बिहान करिब साढे २ बजे सकिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्