Daily Archives: 12/12/2021

रामचन्द्रको अवकाश


एक वर्ष कान्छा शेरबहादुर देउवासँग अघिल्लो महाधिवेशनमा सभापतिमा पराजित भएपछि साढे ५ वर्षसम्म पार्टीभित्रै खरो प्रतिपक्षी भूमिकामा बसेका ७७ वर्षीय पौडेल आफ्नै समूहको असहयोगले यस पटक प्रतिस्पर्धामा उत्रिनै पाएनन्, यससँगै उनको झन्डै ६ दशकको सक्रिय राजनीतिक यात्रामा बिराम लागेको छ
कुलचन्द्र न्यौपाने
Ramchandra-Paudel-2काठमाडौँ — जीवनभर कांग्रेसको राजनीति गरेका वरिष्ठ नेता पौडेल १४ औं महाधिवेशन चलिरहेका बेला आँसु झार्दै घरतिर लागे । कांग्रेसको मूल्य, मान्यताप्रति सधैं अडिग रहेका उनी पार्टीको दोस्रो नेता र सरकारको उपप्रधानमन्त्री भए । तर, पार्टी र सरकारको पहिलो पदमा नपुगी राजनीतिक जीवनको उत्तरार्द्धमा पुगेका छन् । पार्टीमा प्रतिपक्षका रूपमा रहेका उनले सभापति शेरबहादुर देउवाका गलत कार्यशैलीप्रति सधैं प्रश्न उठाए । जे देखे, त्यो बोले तर कांग्रेसभित्रको गुट, उपगुट र सत्तास्वार्थका कारण पार्टीको कार्यकारी पदबाट बिदा लिनुपर्ने अवस्थामा पुगे । उनको झन्डै ६ दशकको सक्रिय राजनीतिक यात्रामा बिराम लाग्यो । पढ्नेक्रम जारी राख्नुहोस्

अदल–बदल


देउवाले सिटौलासँग समीकरण गरे भने कोइरालाले युवा नेताको टिम बनाए, अन्य आकांक्षीले पनि अन्तिम घडीमा समूह फेरे
कुलचन्द्र न्यौपाने
thumbकाठमाडौँ — आगामी चार वर्षका लागि आफ्नो नेतृत्व छान्न कांग्रेसमा चुनावी प्रक्रिया सुरु भएको छ । तीन तहका आगामी निर्वाचनसहित समग्र राजनीतिमा कांग्रेसलाई अब्बल बनाउन भन्दै नेताहरू प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । सभापतिका दाबेदार रामचन्द्र पौडेलले सक्रिय राजनीतिबाट बिदा लिएका छन् भने बहालवाला सभापति शेरबहादुर देउवा कांग्रेसमा अझै पनि आफ्नो नेतृत्वको औचित्य पुष्टि गर्ने प्रयासमा छन् । उनलाई चुनौती दिन युवाको समूहको नेतृत्व गर्दै शेखर कोइराला अघि सरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्