Daily Archives: 09/12/2021

कोइरालाले पौडेलसँग भने : सिंहले छाडे तपाईंलाई मेरो समर्थन हुनेछ


‘प्रकाशमान सिंहले छाडे म तपाईंलाई छाड्दिन्छु, उहाँले छाड्नु भएन मलाई सहयोग गर्नुहोस् ।’
thumbकाठमाडौँ — कांग्रेस सभापतिका प्रत्याशी शेखर कोइरालाले प्रकाशमान सिंहले दाबेदारी छाडे रामचन्द्र पौडेललाई समर्थन गर्ने बताएका छन् । बिहीबार बिहान पौडेल निवास बोहोराटार पुगेर कोइरालाले साझा उम्मेदवार बन्न सक्ने अवस्थामा आफ्नो समर्थन हुने बताएका हुन् । शेखरले पौडेललाई ‘तपाईं सबैको साझा उम्मेदवार हुनुहुन्छ भने म छाड्दिन्छु’ भनेका थिए । प्रकाशमान सिंहले सभापति पदको दाबेदारी नछाडेको अवस्थामा भने आफूलाई सहयोग गर्न शेखरले पौडेलसमक्ष आग्रह गरेका थिए । उनको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘प्रकाशमान सिंहले छाडे म तपाईंलाई छाड्दिन्छु, उहाँले छाड्नु भएन मलाई सहयोग गर्नुहोस् ।’ पढ्नेक्रम जारी राख्नुहोस्