Daily Archives: 07/12/2021

कांग्रेसमा प्यानल बनाउनै सकस


पदाधिकारीका आकांक्षी व्यवस्थापन गर्न देउवालाई कठिन छ भने उनको प्रतिस्पर्धी समूहले आफ्नो नेता छान्न सकेको छैन, जबकि महाधिवेशन उद्घाटन गर्न अब चार दिन मात्र बाँकी छ
कुलचन्द्र न्यौपाने
thumbकाठमाडौँ — कांग्रेसको महाधिवेशन सुरु हुन चार दिन मात्रै बाँकी रहँदा पनि संस्थापन र इतरपक्षले उम्मेदवारीका लागि आ–आफ्नो समूह बनाउन सकेका छैनन् । संस्थापनमा सभापति शेरबहादुर देउवा नै अघि सर्ने निश्चित भए पनि अन्य पदमा क–कसलाई समेट्ने टुंगो लागेको छैन । संस्थापनइतरबाट सभापतिकै उम्मेदवार को बन्ने भन्ने निर्क्योल भएको छैन । समूह बनाउन सोमबारदेखि निर्णायक गृहकार्य थालेका सभापति देउवाले नेता कृष्णप्रसाद सिटौला समूहसँग समीकरण बनाउन खोजेका छन् । प्रदेश १ र झापा जिल्ला अधिवेशनमा देउवा–सिटौला गठबन्धन सफल बनेको छ । ६ वटा प्रदेशमा भएको अधिवेशनमा देउवा–सिटौलाका चार र रामचन्द्र पौडेल पक्षका दुई सभापति छानिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्