Daily Archives: 02/12/2021

राप्रपा एकता महाधिवेशन : नेतृत्व चयन प्रक्रिया आजदेखि


kamal-thapa-and-rajendra-lingden१६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनको प्रक्रिया बिहीबारदेखि सुरु हुँदै छ । राप्रपाको एकता बुधबारबाट सुरु भएको एकता महाधिवेशनअन्तर्गत बिहीबार निर्वाचन प्रक्रिया सुरु हुन लागेको हो । भावी अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गरेका छन् । अर्का अध्यक्ष पशुपतिशम्शेर जबरा भने पार्टी एकताका लागि सहमतिको आधारमा नेतृत्व चयन गर्नुपर्ने भन्दै कतै खुलेका छैनन् । अध्यक्षका दावेदार थापा र लिङ्देन दुवैले राजसंस्था र हिन्दुराज्य पुनर्स्थापना तथा संघीयता खारेजीको एजेन्डा अघि सारेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

प्रदेशमा देउवा-सिटौला जुट्दै


देउवा–सिटौलाबीच काठमाडौं, झापा र मोरङको पालिका, क्षेत्र र जिल्ला तहको निर्वाचनमा समेत समीकरण बनेको थियो
कलेन्द्र सेजुवाल
thumbकाठमाडौँ — कांग्रेसको प्रदेश निर्वाचनमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबीच सहकार्य हुने भएको छ । प्रदेश १ र वाग्मतीमा नेतृत्व बाँडफाँटसहित अन्य प्रदेशमा समीकरण गरेर अघि बढ्ने सैद्धान्तिक सहमति भएको हो । सहमति निर्माणमा सक्रिय एक नेताका अनुसार सिटौलाले प्रदेश १ पाए झापाका पूर्वसभापति उद्धव थापा र वाग्मती पाए काठमाडौंका सांसद भीमसेनदास प्रधान सभापति उम्मेदवार बन्नेछन् । देउवा समूहले प्रदेश १ मा अमृत अर्याल र वाग्मतीमा इन्द्र बानियाँलाई उम्मेदवार बनाउने तयारी गरेको छ । प्रदेश १ सभापतिका आकांक्षी रामहरि खतिवडाले केन्द्रीय सदस्यमा जाने रुचि देखाएपछि अर्याल एकल दाबेदार बनेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्