सुरेन्द्र काफ्ले
काठमाडौं : एमालेको १०औं महाधिवेशनको मुख्य चासोको विषय थियो, अध्यक्ष केपी शर्मा ओलीले ‘टिम’ कस्तो बनाउँछन् र नेताको व्यवस्थापन कसरी गर्छन् ? पार्टी फुटेको र सत्ताबाट बहिर्गमनपछिको यो महाधिवेशनबाट विभिन्न ‘फ्याक्टर’लाई समेटेर नेतृत्व चयन गर्नु ओलीसामु प्रमुख चुनौती थियो। आफूलाई विगतदेखि नै साथ दिएका नेता, १० बुँदे सहमति गरेर पार्टीमा बसेका ‘१० भाइ’ र माओवादी नफर्केका नेताको न्यायोचित व्यवस्थापन गर्नु ओलीसामु चुनौती थिए। उनले त्यसका लागि सहमतिको प्रयास गरे। तर, अध्यक्षलगायतका पदमा चुनाव गर्नैपर्ने बाध्यता आयो। चुनाव भए पनि विगतदेखि नै आफ्नो टिममा रहेका १० बुँदे सहमति गरेका र माओवादी नफर्केका नेताहरू पनि पदाधिकारीमा निर्वाचित भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 01/12/2021
एमाले पदाधिकारीमा नयाँ अनुहार
नारायणीमा बग्नबाट जोगिएको एमालेको आन्तरिक लोकतन्त्र
संघीय संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेको दसौं महाधिवेशन पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई दोस्रोचोटि चयन गर्नुका साथै अन्य केन्द्रीय पदाधिकारीहरू छानेर मंगलबार सम्पन्न भएको छ । गत शुक्रबार चितवनमा अभूतपूर्व संख्यामा कार्यकर्ता–शुभेच्छुक उतारेर एमालेले जुन भव्यताका साथ महाधिवेशन उद्घाटन समारोह आयोजना गरेको थियो, उक्त कुम्भमेला समापन हुँदासम्म उसले त्यो साख यथावत् राखिरहन भने सकेन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार