Monthly Archives: डिसेम्बर 2021

माओवादीमा खुला प्रतिस्पर्धा रोक्ने प्रयास


पदाधिकारी सर्वसम्मत हुने अवस्था नआए केन्द्रीय सदस्य टुंगो लगाएर महाधिवेशन समापन गर्ने विषयमा समेत छलफल
बबिता शर्मा
maoist-voncention_20211227003520काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार सञ्चारकर्मीलाई ‘नेतृत्व चयन प्रक्रिया लोकतान्त्रिक तरिकाले अगाडि बढ्ने’ प्रतिक्रिया दिए पनि पदाधिकारी र केन्द्रीय सदस्य सकेसम्म सर्वसम्मत गराउन प्रयास भइरहेको छ । दाहाल हलबाट सर्वसम्मत केन्द्रीय सदस्य टुंगो लगाउने र उनीहरूबाट पदाधिकारी चयन गर्ने योजनामा छन् । पदाधिकारी सर्वसम्मत हुने अवस्था नआए केन्द्रीय सदस्य टुंगो लगाएर महाधिवेशन समापन गर्ने विषयमा समेत छलफल चलेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

डेढ दशकपछि दाहालको आत्मसमीक्षा : मुखमा संविधान र मनमा विद्रोह भन्दा क्षति


एमसीसी परिमार्जनपछि मात्र अनुमोदन, अमेरिकाप्रति कठोर टिप्पणी
बबिता शर्मा, जयसिंह महरा
Newly elected Nepalese PM Pushpa Kamal Dahal upon arrival to administers oath of office at presidential building "Shital Niwas" in Kathmanduकाठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले (२०६३ मंसिरमा) शान्ति सम्झौता गरिसकेपछि पनि विद्रोहको रणनीतिमा अलमलिनु कमजोरी भएको स्वीकार गरेका छन् । शान्ति सम्झौता, लडाकुलाई शिविरमा राख्ने सहमति गर्दा सामूहिक छलफल गर्नुको सट्टा ‘पार्टी अध्यक्ष प्रचण्डको मनोगत निर्णयले जनवादी केन्द्रीयतामा अतिक्रमण भएको’ भन्दै आफ्नै आलोचना गरेका छन् । पार्टीको आठौं महाधिवेशनको बन्दसत्रमा उनले प्रस्तुत गरेको ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक दस्ताबेजमा मंगलबारबाट छलफल हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

चार ‘ब’ बाहिरिँदा दाहालको एकछत्र


नरेन्द्र साउद
नेतृत्व अब बहुपदीय, पदाधिकारी तानातान
maoist-voncention_20211227003520काठमाडौं : सशस्त्र युद्धताका प्रचण्ड मातहत चार ‘ब’ शक्तिशाली थिए– बाबुराम, वैद्य, बादल र विप्लव। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का दाहिने–देब्रे हात मात्र होइन, बलिया साथ थिए उनीहरू। माओवादी शान्ति प्रक्रियामा आएपछि क्रमशः सत्ता र शक्तिको खेलमा जेलिँदै गयो। पार्टी र अवसरमा दाहालको एकछत्र चल्दै गयो। दाहालको दबदबाबाट बिरक्तिएका चारै ‘ब’ ले क्रमशः पार्टी छाडे। चुनौती दिनेले मैदान खालि गरेपछि दाहालसामु नेतृत्वको प्रश्न उठाउने हैसियतको कोही रहेन। पढ्नेक्रम जारी राख्नुहोस्

परीक्षणका क्रममा सोलुखोला जलविद्युत्‌मा दुर्घटना : दुई इन्जिनियरको मृत्यु, एक घाइते


भानुभक्त निरौला
thumbसोलुखुम्बु — सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा दुई जना इन्जिनियरको मृत्यु भएको छ । सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा पाइप विस्फोट हुँदा दुई जना इन्जिनियरको मृत्यु भएको छ भने परियोजना व्यवस्थापक गम्भीर घाइते भएका छन् । आइतबार साँझ फलामको पाइपमा पानी हाल्ने क्रममा पाइप पड्किएपछि उक्त घटना भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

एफएनजे कुवेतको आयोजनामा दुई दिने पत्रकारिता तालिम सम्पन्न


चन्द्र गाेतामे
1640414132-hzX0qनेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको आयोजनामा दुई दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ वैदेशिक शाखाका सदस्यहरूलाई पत्रकारितामा थप उर्जावान सहित सकृय बनाउन र क्षमता अभिवृद्धिका लागि आधारभुत पत्रकारिता तालिम आयोजना गरिएको शाखाका अध्यक्ष नबराज पन्थीले बताएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा तिन किराती संस्थाहरुले संयुक्तरुपमा भव्यताका साथ मनाए उधौली चाड


267814825_499310281406484_1320036668208538088_nकुवेत। कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले “भाषा, संस्कार संस्कृतियको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने मुल नाराका साथ आयोजित कार्यक्रम एकैसाथ उधौली साकेला, चासोक तङ्नाम र रापवा श्यादर पीदार ५०८१ बिविध कार्यक्रम गरी सदा झै यस बर्ष पनि भब्यताका साथ मनाएका छन् । किरात याक्थुङ चुम्लुङ कुवेतका अध्यक्ष अरुण लिम्बुको सभापतित्वमा भएको कार्यक्रममा नेपाली राजदुतावास कुवेतका राजदुत महामहिम दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई किरात राई यायोक्खा कुबेतका उपाध्यक्ष- नैना कला राई र सचिव रोशन राईले संयुक्त रुपमा संचालन गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्