Daily Archives: 29/11/2021

ओलीको सूची अस्वीकार गर्दै चारजनाले दिए उम्मेदवारी


bhim-rawal1_20211129063252चितवन : पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्ण सहमतिमा नेतृत्व चयनका लागि तयार पारेको पदाधिकारीहरुको सूचीमा असन्तुष्टि जनाउँदै चारजनाले उम्मेदवारी दिएका छन्। एमालेको १० औं महाधिवेशनमा एमाले नेता भीम रावल, घनश्याम भूषाल, भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दर्ता गराएका हुन्। पार्टीको दशौं महाधिवेशनमा निवर्तमान उपाध्यक्ष रावलले ओलीको सूचीलाई चुनौती दिँदै अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । अध्यक्ष ओलीले दशौं महाधिवेशनको बन्दसत्रमा आइतबार मध्य राति ३०१ सदस्यीय केन्द्रीय कमिटीको नाम पेश गरेपछि त्यसमा असन्तुष्टि जनाउँदै रावलले उम्मेदवारी दिने घोषणा गरेका थिए। उनले निर्वाचनमा भाग लिनु सबै प्रतिनिधिको अधिकार भएको बताएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

एमाले अध्यक्षमा ओलीको उम्मेदवारी, रावलसँग प्रतिस्पर्धा हुने


thumbकाठमाडौँ — केपी शर्मा ओलीले नेकपा एमालेको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बिहान उनले दसौं महाधिवेशनको बन्दसत्रस्थलमा रहेको केन्द्रीय निर्वाचन कार्यालयमा पुगेर अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल रहेका छन् । यसअघि ओलीले आइतबार राति बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्य र पदाधिकारीको सूची पेस गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्