Daily Archives: 28/11/2021

एमाले महाधिवेशन : प्रतिनिधिको विवेकमा बन्धन


एमाले वा बाहिरबाट पनि सौराहा महाधिवेशनमा ओलीको गर्जन वा जनसागर मात्रै देखिएको छैन । त्यहाँ त लोकतान्त्रिक विधिको पनि हत्या भएको देखिएको छ । प्रतिनिधिहरुकाे विचार र विवेकलाई नारायणीमा सेलाइरहँदा युवा नेताहरू हाँसिरहेका देखिएका छन् ।
रमन पौडेल

thumbनेकपा एमालेको जारी १०औं महाधिवेशन अन्तर्गत सर्वसम्मत नेतृत्व चयनमा सहमति नजुट्दा रस्साकस्सी भएको छ । शनिबार सुरु भएको बन्द सत्र अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व चयनको सम्पूर्ण अधिकार दिने भन्दै टुंगिए पनि आइतबार बिहानैदेखि नेताहरू सहमतिको प्रयासमा लागि परेका छन् । केपी ओली र उनी निकट नेताहरू सर्वसम्मत गराउन विभिन्न नेताहरूसँग भेटेर छलफल गरिरहेका छन् । वरिष्ठ उपाध्यक्ष, महासचिव लगायत पदमा ओली पक्षकै नेताहरूबीच मतभेद भएपछि सर्वसम्मत बनाउन थप कठिन देखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

जाजरकोटमा बस दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते


हरिहरसिंह राठौर
accident-57f9ae65db90d7-33730911जाजरकोट — आइतबार बिहान दुई बजे कुदु बराहचौकनजिक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको थियो । जाजरकोटका प्रहरी डीएसपी मधुकुमार थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनालाई प्रहरीले आफ्नै दुई वटा गाडीमा र अन्य बसमा उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा ल्याएको डिएसपी थापाले बताए । राति बस दुर्घटना भएका कारण उद्धारमा ढिलाई भएको उनले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

गैर आवासीय नेपाली संघ कुवेतले डिसेम्बर २४ मा भलिबल प्रतियोगिताको आयोजना गर्दै


NRNAकुवेत। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA-NCC) कुवेतको आयोजनामा अंग्रेजी नयाँ वर्षको आगमनलाई स्वागत गर्दै यहि डिसेम्बर -२४, २०२१ का दिन फाहहिल स्पोर्ट्स क्लबमा अन्तर नेपाली भलिबल प्रतिगोगिता हुने भएको छ। उक्त भलिबल प्रतियोगिता संघकै युवा संयोजक नवराज पराजुलीको संयोजकत्वमा अन्तिम तयारीमा पुगेको संघका प्रवक्ता केशर घलानले बताएका छन।

नेपाली राजदूतावास कुवेतका महामहिम राजदुत दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यता संगै कुवेतमा क्रुयाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगाएत कुवेतलाइ कर्मभुमी बनाइ कुवेतमा कार्यरत नेपाली दाजुभाइ दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहने प्रवक्ता घलानले बताएका छन। उनले फहाहिल नेपालिहरुको बाक्लो बस्ती भएको र टाढा टाढाबाट आउनलाइ पनि साझा बसको अत्यन्तै राम्रो सुविधा भएको कारण पनि बढी दर्शकहरू उपस्थित हुन सक्ने बताए। पढ्नेक्रम जारी राख्नुहोस्